back

उदयपुरमा प्रदेशसभा (ख)को २ मा काँग्रेस र १(क) मा वाम गठबन्धन विजयी

वि.सं.२०७४ मंसिर २४ आइतवार

108 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

congresh-flag

२४ मंसिर, गाईघाट, उदयपुर  : उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)को २ मा नेपाली काँग्रेसका हिमाल कार्कीले १६ हजार ७९२ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्व वाम गठबन्धनका रामबहादुर थापाले १५ हजार १९४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । आइतबार साँझ भर्खरैको अन्तिम मतगणनाको परिणाममा कार्की विजयी हुनुभएको हो ।

यस्तै निर्वाचन क्षेत्र नं २ को आज साँझ सम्मको मत परिणामअनुसार प्रतिनिधिसभाको उम्मेदवारमा वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले १९ हजार मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकाका डा नारायण खड्काले १८ हजार ९५७ मत प्राप्त गर्नुभएको छ ।

uml&ucpn

निर्वाचन क्षेत्र नं १ कै प्रदेशसभा (क) १ मा वाम गठबन्धनका बिमल कार्कीले १६ हजार ४५४ मत प्राप्त गरेर विजय उन्मुखतर्फ पुग्नुभएको छ भने नेकाका बिदुरबाबु बस्नेतले १४ हजार ७२१ मत प्राप्त गर्नुभएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

निर्वाचन क्षेत्र नं २ मा भने वाम गठबन्धनका सबै उम्मेदवार विजयी भइसकेका छन् । अहिलेसम्मको परिणाम हेर्दा नेपाली काँग्रेसले निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा २ मा विजय हासिल गरेको छ भने प्रतिनिधिसभाका लागि पनि नेपाली काँग्रेसका डा नारायण खड्का र वाम गठबन्धनको मञ्जुकुमारी चौधरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

निर्वाचन क्षेत्र नं १ मा झण्डै आठ हजार मतगणना गर्न बाँकी रहेको र आज रातको १२ बजे सम्ममा सबै परिणाम आउने पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । हालसम्म झण्डै चार हजार मतसमेत रद्द भएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) १ मा वाम गठबन्धनका बिमल कार्कीले १७ हजार ५०१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकाका बिदुरबाबु बस्नेतले १५ हजार ८४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभाको मात्र निर्वाचनको परिणाम घोषणा हुन बाँकी रहेको छ । अहिलेसम्मको मत परिणामअनुसार उदयपुर क्षेत्र नं १ को प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार मञ्जुकुमारी चौधरीले २४ हजार ८७ मत प्राप्त गर्नुभएको छ भने नेकाका डा नारायण खड्काले २३ हजार ८०६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

वि.सं.२०७४ मंसिर २४ आइतवार १४:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली...