back

सुनसरी क्षेत्र नं १ मा जयराईले हराए अशोक राईलाई

वि.सं.२०७४ मंसिर २५ सोमवार

144 

shares
NTC AD
Global IME AD

jaya-kumar-rai२५ मंसिर, काठमाडौं । सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका छन् ।
आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मतले पराजित गर्दै विजयी भएका हुन् । एमालेका उम्मेदवार जयकुमारले ४४ हजार ५२८ मत ल्याएर विजयी हुँदा अशोक राईले २२ हजार १२३ मत प्राप्त गरे ।

त्यस्तै सुनसरी सुनसरी क्षेत्र २ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार सर्वध्वज सावाँ लिम्बू विजयी भएका छन् ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २४ हजार ६७४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १९ हजार २४५ मत प्राप्त गरे ।
त्यस्तै प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भीम आचार्य विजयी भएका छन् ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २० हजार २११ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धि कटुवालले १२ हजार ९६४ मत प्राप्त गरे ।
सुनसरी ३ को (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार लिलाम बस्नेत विजयी भएका छन् ।
उनले १९ हजार ६६५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुमारजंग थापाले १७ हजार ६८१ मत प्राप्त गरे ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०४:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली...