BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ७ गते
    Headlines :
    Ad

    सुनसरीमा मतगणना स्थगित, मतगणनामा नोट !

    संसार न्यूज संवाददातामंसिर २५, २०७४

    २५ मंसिर,इटहरी  (रासस) : सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ ।

    सात घण्टाअघिदेखि शुरु भएको विवादमा वाम गठबन्धनका उम्मेदवार नेकपा(एमाले) नेत्री भगवती चौधरी र नेपाली काँग्रेसका उम्मेदवार नेता उपप्रधानमन्त्री विजयकुमार गच्छदारबीच एकापसमा धाँधलीको घोचपेच चल्दा लामो समयदेखि विवादले निकास पाउन सकेको छैन ।

    विवादबीच अपराह्न एमाले र काँग्रेस नेता कार्यकर्ताबीच झडपको स्थिति पैदा भइरहेको छ । पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हाजार १७१ मत प्राप्त गर्नुभएको छ ।

    ६८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad