BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ७ गते
    Headlines :
    Ad

    सोनीया गान्धीद्वारा अवकाश घोषणा

    संसार न्यूज संवाददातापौष १, २०७४

    soniya gandhi१ पुस, नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले राजनीतिक अवकाशको घोषणा गर्नुभएको छ ।

    आफ्ना छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उहाँले शुक्रबार घोषणा गर्नुभएको हो ।

    “अब मेरो भूमिका अवकाश पाएपछिको जस्तो हुन्छ,” इटालीमा जन्मेकी ७१ वर्षीया गान्धीले दिल्लीमा सञ्चार माध्यमसँगको कुराकानीमा भन्नुभयो ।

    भारतको निकै पुरानो पार्टी काँग्रेसमा उहाँले अबदेखि कुनै पनि कार्यकारी जिम्मेवारी नलिनुहुने भएको छ ।

    बर्हिगमन हुँदै गरेकी काँग्रेस प्रमुख गान्धीले ४७ वर्षीय आफ्ना छोरा राहुलले पार्टीलाई प्रभावकारी बनाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

    गत तीन वर्षदेखि पार्टीको सक्रिय भूमिकामा रहेकाले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनियाको दाबी छ ।

    पार्टीका अहिलेका उपाध्यक्ष राहुलले शनिबार विशेष समारोहकाबीच अध्यक्षको जिम्मेवारी सम्हाल्नुहुने भएको छ । निर्वाचन भएको पाँच दिनपछि उहाँले जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो ।

    काँग्रेसको सबैभन्दा माथिल्लो पदका लागि चार दिन पहिले भएको निर्वाचनमा राहुलबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

    भारतका पुर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीकी धर्मपत्नी सोनिया गान्धी गत तीन वर्षदेखि बिरामी भएपछि पटकपटक अस्पताल भर्ना भएर उपचार गराइरहनुभएको छ ।

    सन् २०११ मा उहाँ उपचारका लागि अमेरिका जानुभएको थियो । तर उहाँको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी गराइएको थिएन ।

    बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारकी उहाँ एक उत्तराधिकारी हुनुहुन्छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ ।

    अध्यक्ष सोनियाले गत २० वर्षदेखि काँग्रेसको नेतृत्व गर्नुभएको छ । उहाँकै कार्यकालमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काँग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो ।

    ६५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad