BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ४ गते
    Headlines :
    Ad

    ‘जमुना’ परोपकारको अनुपम नमुना 

    डिल्ली राम अम्माई/ बेल्जियम   पौष ४, २०७४
    jamuna

    प्रदेश नम्मर चार  बाग्लुङ्ग – बाग्लुङ्ग नगरपालिका घर भै हाल बेल्जियममा ब्याबशाय गरि बसेकी जमुना शर्मा गौतमले बाग्लुङ्ग नगर पालिकाकी  क्यान्सर पिडित अम्बिका गौतमलाई आर्थीक सहयोग स्वरुप १ लाख ५ हजार रुपयाँ  प्रदान गरेर परोपकारको क्षेत्रमा एउटा उदाहरण दिएकि छन । आर्थिक अभाबमा पिडित परिवारले गरेको आर्थिक सहयोगको अनुरोधमा परोपकारी मन भएकी जमुना शर्माको सहयोगले पिडित महिलालाई उपचारमा राहत मिलेको भन्दै बिरामीका छोरा ध्रुब गौतमले सहयोगी हातलाई हृदय देखि नै कृतज्ञता ब्याक्त सहित धन्यबाद दिएको कुरा संजालबाट थाहा हुन आएको छ । उनको यो उदाहरणले उनको प्रशंशाकोलागि भन्दा पनि परोपकारको भावना प्रतिको सम्मान प्रति केहि शब्द खर्चिदा यसको महत्वले अझै व्यापकता पाउने सोचले यो समाचार निबन्धको स्वरुपमा पस्किन मन लाग्यो ।

    परोपकार शब्द ‘पर+उपकार’ यी दुई शब्दको संयोजनबाट बनेको हुन्छ  । जसको अर्थ हो  नि:स्वार्थ भावबाट अरुको आर्थिक , नैतिक र भौतिक सहयोग गर्नु । आफ्नो शरणमा आएको आफन्त, मित्र, शत्रु, कीट-पतंग, देशी-परदेशी, बालक-वृद्ध सबैको दुख निवारण गर्न  निष्काम भावबाट प्रयास गर्नु नै परोपकार हो ।

     परोपकार नै  एक यस्तो गुण हो जसले मानवलाई पशुबाट अलग गरेर  देवत्वको श्रेणीमा ल्याइदिञ्छ । पशु तथा पक्षीहरु पनि आफुलाई गरिएको  उपकारबाट  कृतज्ञ हुन्छन । मनुष्य त झन्  विवेकशील प्राणी हो  त्यसैले उसले आफुलाई पशुको श्रेणीबाट माथि उठाएर परोपकार गर्नु पर्छ जस्तो लाग्छ ।

    birami-baglung

    प्रकृतिको हरेक  कण-कणले हामीलाई परोपकारको शिक्षा दिन्छ – नदि परोपकारको लागि बग्छिन , वृक्ष , सुर्यको प्रचण्ड तापबाट बचाउन हामीलाई छाया दिन्छ  , सूर्यको किरणले बिना मूल्य संसारको सृष्टी चलायमान गराएको छ । चन्द्रमाबाट शीतलता, समुद्र बाट वर्षा, रुखबाट फल-फूल र तरकारी , गाईबाट दूध, वायुबाट प्राण बिना मूल्य मिलिरहेको छ । यी सब परोपकारका उत्कृष्ट नमुना हुन् ।

     पशुले त आफ्नो शरीर समेत भक्षिहरुको खानाको लागि समर्पण गर्दछ ।  प्रकृतिको यही त्यागमय वातावरण हामीलाई जमुना शर्माले झैँ नि:स्वार्थ भावबाट परोपकार गर्नको लागि शिक्षा दिन्छन ।

     धार्मिक किम्बदंतिमा पनि परोपकारका अनगिन्ति उदाहरणहरु पाइन्छन । राजा रतिदेव चालीस दिनसम्म भोको हुदा केहि खाना मिलेको थियो तर त्यो खाना  भोजन शरणमा आएको अर्को भीखारीलाई दिए । दधीचि ऋषिले देवताहरुको रक्षाको लागि आफ्नो हड्डी समेत प्रदान गरे । हिन्दुहरुका आदित्य शिवले संसारको रक्षाको लागि  समुद्र मंथनबाट निस्केको बिष पीए  , कर्णले आफ्नो  कवच र कुण्डल समेत याचक बनेर आएका इन्द्रलाई दिए ।

     राजा शिविले शरणमा आएको चीललाई आफ्नो शरीरको माशु काटेर खानदिए र बचाए । ईसा मसीह सूलीमा चढे भने दार्शनिक  सुकरातले लोक कल्याणको लागि बिषको प्याला परोपकारको उत्कर्षमा हांसीहांसी पीए। शिख गुरु  नानकले व्यापारको लागि बुबाले दिएको दौलत गरिब, साधु र दुखिहरुको परोपकारमा समर्पण गरिदिए ।

     परोपकारका अनेक रूपहरु छन् जसबाट दान दिनेलाई आत्मिक आनन्द प्राप्त हुन्छ भने लिनेको रक्षा हुन्छ । जस्तै – तिर्खा लागेको मान्छेलाई पानी पियाउनु ,बिमारी वा घाइतेलाई अस्पताल लैजानु , बृद्धलाई बसमा सिट दिनु , अन्धालाई सहारा दिनु , अशिक्षितलाई शिक्षा दिनु , भोकोलाई रोटि दिनु आदी परोपकारी कार्य हुन् ।

    अन्त्यमा मानब परोपकारको लागि हमेशा अग्रसर हुनु पर्दछ । जमुना शर्मा जस्तै सबै मानब मनहरु परोपकारको लागि अगाडी आउनु बेल्जियमबासि नेपालीको लागि गर्वको कुरा हो । उनको मन सधै परोपकारको लागि उन्मत्त भै रहोस र अरुले पनि त्यसबाट प्रेरणा लिन सकुन  ।

    ६७५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad