BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    कहालीलाग्दो यो कहर

    संसार न्यूज संवाददाताभाद्र २६, २०७३

    harikumar-shrestha

    कहालीलाग्दो यो कहर हाम्रो देशमा,
    भताभुङ्ग सबै खण्डहर हाम्रो देशमा ।
    देश सम्हाल्नेले जिम्मेवारी भुलेपछि,
    छैन आफ्नो कुनै ठहर हाम्रो देशमा ।
    तासको सत्ता जस्तो रहेछ सदैव सत्ता,
    फ्याक्दै चौका र दहर हाम्रो देशमा ।
    पीडाको भुङ्ग्रोमा पिल्सँदा सारा जनता
    सुकेन आँसुको नहर हाम्रो देशमा ।
    सुनाखरी फूल्ने मलिलो नेपाली माटो
    किन बन्दी भयो रहर हाम्रो देशमा ।
    सुक्दै गए नदी तटका बिरुवा सबै,
    मेटिइ आशाको आशाको लहर हाम्रो देशमा।
    छरि राख्छन अझै कस्तो बीउ यो धर्तिमा,
    छैन शान्त गाउँ र सहर हाम्रो देशमा ।
    गजलकार डा. हरि कुमार श्रेष्ठको हालै सार्वजनिक भएको गजल संङ्ग्रह ‘तरङ्ग ‘बाट लिइएको ।

    ६९७ पटक
    प्रतिकृया दिनुहोस्