BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    कम्युनिस्ट बैज्ञानिक माक्र्सवाद साम्यवाद प्रणाली

    रामकुमार चाैधरी पौष १०, २०७४

    ram-kumar-chaudhari

    यो पुजीवादको बिनास र साम्यवादको आगमन बिचको संक्रमणकालिन अवस्था हो। पुजीवादलाई निषेध नगरेसम्म समाजवादको स्थापना र बिकास हुन नसक्ने हुनाले वर्ग संघर्ष र वर्गीय अधिनायकत्वको आवश्यकता पर्दछ।

    मिति २०७४  साल मङ्सिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी अभियानको करिबकरिब एक महिनामा पार्टीले दिएको जिम्मेवारी र राष्ट्र प्रतिको कर्तव्य बोध गर्नको निम्ति पार्टीका प्रतिनिधि उमेदवारहरुलाइ जिताउन हरेक तह र तप्कामा होमियौं। केन्द्रले चुनावी प्रक्रियालाई कहि कहि ठाउमा सातासात या कसैलाई समर्थन गर्ने निर्णयलाई हामिले पार्टीको नीति र सिद्धान्तलाई स्वीकार गर्दै असन्तुष्ट र खिन्नता मन बोकेर पनि दृढका साथ लागेउ । हामीले जनताका पक्षमा, गरिखाने वर्गका हितको पक्षमा, राष्ट्रियता, अखण्डता, स्वाधीनता र स्वाभिमानीका एजेन्डा लिएर जनताका घरदैलो-दैलोमा पुग्यौं । जनताले हाम्रा बिचारलाई अस्विकार गरेनन् । हामिलाइ भ्रष्टाचारि, झुठ्ठा र बैमानीको आरोप लगाएनन्। हाम्रा बिचारका उच्च कदरका साथ मिठा-मिठा बहस गरेका थिए। बिडम्बना चुनावी मतपरिणमले हाम्रो हार भयो। हामी हारेयौं। तर हामी सैद्धान्तिक रूपमा हाम्रो हार होईन । जस्ले सैद्धान्तिक नीति र बिचारबाट पछाडि हड्दैन उ सधैं जितिरहेको हुन्छ। यो त बिश्वका इतिहासले पनि पुष्टि गर्दछ।

    बैज्ञानिक माक्र्सवादले ब्याख्या गरेका छन् कि पुजीवादमा राज्यका रिसोर्टको दोहन पुजीवादी प्रणालीमा मुनाफाका लागी गरिन्छ । कानुन वर्गीय हुन्छ। राज्यसत्ता वर्गीय हुन्छ। जसको हातमा मुठ्ठी भरको राज्यसत्ता हुन्छ उसैको हातमा भयभरको कानुन हुन्छ। एउटा वर्गले अर्को वर्गलाई दबाउने यहि पुजीवादी ब्यबस्थामा पनि छ। जबसम्म यो पुजीवादी ब्यबस्था ध्वस्त हुदैन तबसम्म जस्तोसुकै दार्शनिक ब्याख्या गरेपनि समाजवाद आउदैन ।

    कम्युनिस्ट पार्टीहरुले बास्तबमा समाजवाद ल्याउने नै  हो भने इ:वि:स १८४८ मा इतिहासको भौतिकवादी धारणा वर्ग संघर्षको सिद्धान्त, अतिरिक्त मुल्यको सिद्धान्त र क्रान्तिकारी शक्तिको रूपमा सर्वहारा वर्ग सहित बैज्ञानिक समाजवादि बिचार अगाडि आयो। समाजवादले प्रस्तुत गरेको विकल्प पुजिपती सत्ताको स्थानमा उत्पादक वर्गको  सत्ता, निजि स्वामित्वको स्थानमा सामुहिक स्वामित्व र राजनीतिक समानता र स्वतन्त्रताको स्थानमा आर्थिक स्वतन्त्रता र समानता हुन। उत्पादन राज्यको र सहकारीको स्वामित्वमा संचालन गर्ने। वितरण योग्यता अनुसार काम र काम अनुसार दाम लिएर ब्यक्तिगत आवश्यकता पूरा गर्ने योजना हो।

    हजारौं वर्ष पहिले दास ब्यबस्थाको प्रतिनिधि वर्ग मालिक थियो। सामन्ती ब्यबस्थाको मालिक सामन्त थियो । पुजीवादी ब्यबस्थाको मालिक पुजिपती छ। त्यसैले समाजवादी ब्यबस्थाको प्रतिनिधि सर्वहारा वर्ग हुनुपर्छ भन्ने मान्यता सहित समाजवाद आएको हो। जुन समर्थन भन्दा पनि मुख्य कुरा बिचारधाराको सासत्वलाइ मानिन्छ । पुजीवादी ब्यबस्थाको गर्भबाट जन्मेको हुनाले पुजीवादी बाटो हिड्ने र समाजवादी बाटो हिड्नेहरुका बिच जीवन र मरणको संघर्ष चलिरहेको हुन्छ। समाजवादी ब्यबस्था सिङै सहकारी ब्यबस्था हो। यो पुजीवादको बिनास र साम्यवादको आगमन बिचको संक्रमणकालिन अवस्था हो। पुजीवादलाई निषेध नगरेसम्म समाजवादको स्थापना र बिकास हुन नसक्ने हुनाले वर्ग संघर्ष र वर्गीय अधिनायकत्वको आवश्यकता पर्दछ। मान्छे आफ्नो पद्धतिको मालिक प्रकृतिको शासक र स्वयंम आफ्नो मालिक बन्ने श्रम जीवन यापनको प्रथम आवश्यकता बन्ने गर्दै राज्यसत्ता लोप भएपछि वर्ग साम्यवाद आउछ । उत्पादनको क्षेत्रमा जुनसुकै काम गरेपनी समाजवादि समाजका सबै ब्यक्ति श्रमिक हुन्छन् । बौद्धिक श्रम सबैले गर्छन् । र आवश्यक परेको बेलामा शारीरिक श्रम गर्न कोहि पछि पर्दैनन् ।

    ३३८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad