BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    म भएँ बिरामी, जान पाइन सन्तोष, तिम्रो मलामी

    निलकण्ठ तिवारीपौष १३, २०७४

    santosh-lamsal
    आमा कृष्ण, ३० बर्षिय श्रीमती रिजु र ९ वर्षको छोरा लायल लाई छोडेर सन्तोष हामी सबैबाट भौतिक रुपमा टाढीएका छन् तर चण्डोलको त्यो घरमा शक्ति दाइ र सन्तोषको झल्को बचाउन परिवार र बच्चाको रेखदेख तर्फ हामी सबै गम्भिर बन्न जरुरी छ । आफ्ना बाबुको नाममा स्थापित प्रतिष्ठानलाई सफल बनाउन सन्तोषले देखेको सपना हाम्रो पनि संकल्प हुन जरुरी छ । शक्ति लंसालका परिवार र बच्चाको अभिभावकत्व लिने तथा प्रतिष्ठानलाई शसक्त पार्ने काम हुन सके शक्ति दाइ र सन्तोष दुवैको आत्मालाई शान्ति मिल्ने थियो । न्यायको अनुभुति गर्न नपाइ दाइ जानु भयो संतोष त सबै हिसाबले ठगीयो नै ।

    मेरो आदरणीय श्रद्धाका पात्र नारायण शर्माको फेसबुक वालमा गम्भिर अवस्थामा लेखिँदै ै गर्दा म आफै ज्वरोले निस्लोट थिए । तैपनि उहाँको ९८४१५२७१४० मा फोन गरेँ निकै बिजी आयो । शक्ति दाइको घरको मैले संझेको पुरानो टेलिफोन ४४३१३८२ मा गरेँ, लाग्दै लागेन । त्यसो त सन्तोषको स्वास्थका बारेमा नारायण सरको संकेत अगावै पनि मलाई हाम्रो बुद्धिजीवी संगठनका भरत गौतमजीले तितो कुरा भनिसक्नु भएको थियो । नर्भिक अस्पतालमा अचेत नै रहेको खबर नपाएको त होइन, म आफै १०३ डिग्री ज्वरोले एक प्रकारले ढलेको र गलेको अवस्थामा थिएँ ।

    म आफु हेल्पिङ्गहेण्डस् अस्पतालबाट भर्खरै डिस्चार्ज हुनै थाल्दा पौष ११ गते दिउँसो कृष्णध्वज खड्काको फेसबुक वालमा सन्तोषको अन्तेष्टिको सूचना आइसकेको थियो । म आफै काँपीरहेको भएपनि नर्भिक हुँदै अन्तेष्टिका लागि जाउँ जाउँ भएको थियो । तर मेरो प्रतिकुल स्वास्थका कारण मेरा हेरालुहरुले त्यस्तो दुस्साहस नगर्न भने । मैले सन्तोषलाई कति माया गर्थेँ र उसले मलाई आदरभावसहितको कस्तो माया दर्साउँथ्यो, त्यो कुरा जीवन संगिनी मीना जीलाई समेत राम्रोसँग सम्प्रेषण गर्न सकेको थिइन ।

    मंसिरको मध्य तिर मित्र सोमबहादुर घले तामाङको छोरीको विवाहमा आम्रपाली पार्टी प्यालेसमा भएको भेट र केही दिन अगाडि भाटभटेनी नजिकैको मेडिकल नेर भएको भेट उनीसँग मेरा पछिल्ला भेट हुन् । विवाहको पार्टीमा १० मिनेट सम्म उनले राजनैतिक कुराकानी गरे । बुबाको नामको प्रतिष्ठानलाई कोहीबाट पनि सहयोग नभएको गुनासो दोहो¥याए । प्रतिष्ठान बचाउनका लागि दाइ(मेरो) को सक्रियता जरुरी भयो भनेर सम्मानभाव दर्शाए । यिनै कुराहरु मैले विहेपार्टीमा सामेल विष्णुपुकार श्रेष्ठसँग पनि गराएँ । पुकार सरले अनुहार बिर्सेको तर शक्ति दाइको छोरो भनेपछि हुरुक्कै गरिदिनु भयो ।

    चण्डोल, बालुवाटार, टुँडालदेवी, भाटभटेनी तिर आक्कलझुक्कल धेरै भेटिँदा सन्तोषले प्रश्न गथ्र्यो ‘आजकल पनि दाइ यता धेरै आउनुहुन्छ किन ? कोही शक्ति केन्द्रका मुन्छे छन् क्या हो ….’ हाँसो पनि गथ्र्यो उसले । मैले उत्तर दिएँ ‘हृेर बाब बालुवाटार किर्तन चोकमा लोककृष्ण भट्टराईका नामका दुखिया बाजे बस्छन्, मेरा लागि उनी भक्तबहादुर र शक्ति लम्साल पछिका अर्को श्रद्धाका पात्र हुन् ।’ मैले यसो भनेपछि हो हो ‘बुढा सहि छन्’ उनले छोटो जवाफ दिए ।

    सन्तोषका बाबु शक्ति लम्साल दाइसँग मेरो चिनजानी पञ्चायतकाल देखिकै हो । मैले संझेसम्म शक्ति दाइसँग मलाई चिनाउने आले सर(सुरेश आले) नै हो । पछि महेश्वर दाहाल, ताराकान्त पाण्डे, शारदा अधिकारी हरुसँग शक्ति दाइको बारे धेरै छलफल पनि गथ्र्यौ । उहाँ मशालबाट कृष्णदासको मालेमा हुँदै पुन माओवादीको विभिन्न जिम्मेवारीमा रहनु भएको मलाई याद छ । २०५४ पछि भक्तबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको राष्ट्रिय जनआन्दोलन संयोजन समितिमा उहाँको सक्रिय अगुवाइ पाइएको थियो । यसबेला संतोष संग निकै धेरै भेट हुन्थ्यो । योजना साप्ताहिक पुन प्रकाशन गर्ने विषयमा छलफल हुँदा बाहेक अन्य राजनैतिक आदानप्रदान र सरसहयोगका काममा पाटीले भनेरै म धेरै पटक चण्डोल गएको थिएँ । चण्डोल, त्यत्तिबेला साहै महँगो ठाउँ थिएन । दाइँको थोत्रो घर र सर्वहाराशैलीको बसाईले मलाई धेरै छोएको थियो । संतोषको जिम्मेवारीपन मैलै राम्रोसंग अनुभुति गर्न नपाए पनि आउँदा जाँदा सन्तोषले निलम दाइ बाट नीलकण्ठ दाइ भन्न थालिसकेको थियो । काठमाण्डौका १५० टेलिफोन प्रशासनले अब्जर्भेसनमा राख्दा दाइको ४ न मा सुचना पाएपछि मैले दाइको कानमा खुसूक्क भनेर हिडदा संतोषले आफुलाइ सुनाएन भनेर एकपटक खुब रीसायो पनि ।

    शक्ति दाइसँगको निकटता धेरै माओवादी नेताहरुका लागि बाध्यता जस्तै थियो । मैले आदर गर्ने नारायण शर्मा र शक्ति दाइको साढू सम्बन्ध पनि धेरै पछि बल्ल थाहा पाएको हुँ । सन्तोषले नारायण शर्मालाई कति कुरा शेयर गर्थे वा जिज्ञासा राख्थे त्यो आफ्नो ठाउँमा होला तर पार्टी फुटदा ‘सपनामा पनि नसोचेको भयो’ भनेर एकताको खाँचो मा सन्तोषले जोड दिने गर्दथे ।

    आमा कृष्ण, ३० बर्षिय श्रीमती रिजु र ९ वर्षको छोरा लायल लाई छोडेर सन्तोष हामी सबैबाट भौतिक रुपमा टाढीएका छन् तर चण्डोलको त्यो घरमा शक्ति दाइ र सन्तोषको झल्को बचाउन परिवार र बच्चाको रेखदेख तर्फ हामी सबै गम्भिर बन्न जरुरी छ । आफ्ना बाबुको नाममा स्थापित प्रतिष्ठानलाई सफल बनाउन सन्तोषले देखेको सपना हाम्रो पनि संकल्प हुन जरुरी छ । शक्ति लंसालका परिवार र बच्चाको अभिभावकत्व लिने तथा प्रतिष्ठानलाई शसक्त पार्ने काम हुन सके शक्ति दाइ र सन्तोष दुवैको आत्मालाई शान्ति मिल्ने थियो । न्यायको अनुभुति गर्न नपाइ दाइ जानु भयो संतोष त सबै हिसाबले ठगीयो नै । अरु कुरा त नारायण सरको अगाडि के भनौ र मैले ।

    १०८८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad