BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    उ जिस्किदै छ मृत्युसँग

    मुनाराज शेर्मा, झापा नेपालपौष २६, २०७४

    एउटा पहाड भन्दा जब्बर मान्छे

    नजिस्क उसँग
    उसँग इत्रिनु भनेको आगोसँग इत्रिनु हो
    उ हावालाई रोकेर उभिन सक्छ
    उसँग खेल्नु भनेको
    आधिसँग जोरी खोज्नु हो
    मन छ भने सिनित्तै बडारिन
    चाहत छ भने नामेट हुन
    खेल उस्को आगोको झिल्काहरुसँग
    उभिनु उ चल्ने हुरिको बाटोमा
    उ पत्थर भन्दा कठोर मान्छे हो प्रतिज्ञामा
    कुनै त्रासले डगमगिदैन उसको सत्यको धरातल्
    कुनै लोभले आकर्शित हुँदैन उसको अहम्
    उ दृड्ताको आयुमा हिडिरहेको छ
    उ सम्पूर्ण अध्यारोको विपक्षमा छ
    उ सम्पूर्ण कालोको अन्त्योष्ठीको महाअभियानमा छ
    नठान्नु उ निम्जो र एक्लो छ
    नहेप्नु उ चुपचाप हुनु कमजोरी हो
    उ मौन महासम्वादमा छ
    उ शान्त महागुन्जनमा छ
    उ मृत्युसँग महाविजयमा छ
    तिम्रो समाप्ती पछिको महापरिवर्तनमा छ
    तमाम तमामको आशाको केन्द्रमा छ
    एउटा शालिन बिद्रोहको समापनमा छ
    उ त्यागको अन्तिम सत्यमा छ
    उ तिम्रो आडम्बरको महाघृणामा छ
    सोच्यौ होला उ तिम्रो हैकमले गल्छ
    तिम्रो त्रासले त्रसित हुन्छ
    उ त फलेदोको रुखझैं सर्वाङग नग्न छ त्यागमा
    एउटा पहाड भन्दा जब्बर मान्छे
    उ त एउटा अजस्र उज्यालोको मुहानमा छ

    कवि शेर्मा नेपाली आधुनिक कवितामा पहिचान स्थापन गर्न तार्किक कवि तथा प्रखर समालोक हुन ।

    ५४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad