BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ४ गते
    Headlines :
    Ad

    समसामयिक पद्य

    रामचन्द्र घिमिरे, सिफल काठमाण्डौ पौष २६, २०७४

    गोविन्द केसी सुन नाम हेर
    समात च्याप्पै थुन नाम हेर

    शशी नराम्रो छ कहाँ बताऊ
    राम्रो छ मान्छे जुन नाम हेर

    गोपाल तार्ने सुर हुन् सबैका
    भनेछ त्यस्ले घुन नाम हेर

    विकल्प खोज्नै नसकेर गार्हो
    स्वार्थी सबै छन् गुन नाम हेर

    बने बनाए पछि बन्छ स्वच्छ
    नारा चलेका चुन नाम हेर

    चेला चपेटा किन जुर्मुरायौ ?
    सक्दैन कोही छुन नाम हेर
    छन्दः उपजाति

    २५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad