back

गर्दैछ रक्षा अझै

वि.सं.२०७४ पुस २६ बुधवार

150 

shares
NTC AD
Global IME AD

रक्सी मासु घिचेर टन्न छ भुँड़ी बस्दैन भोक्कै रति,
त्यस्ताले उपवासको विषयमा जान्दैन एक्कै रति ।
मन्त्री बन्छ कमाउने रहरले चिन्ता कहाँ देशको,
मारी सत्र हजार शासक भयो के काम गोविन्दको ?

नेपाली जनता सबै सहजले शिक्षा तथा औषधी
पाऊन् ध्येय सदा छ उच्च यिनको नेपालवासी प्रति ।
मर्लान् यी विचरा बुढा मुलुकमा खाँदै नखाईकन,
केसीको शवमा चढ़ेर कतिले थाल्लान् यहाँ कुर्लन ।

केसी मोडल बन्नसक्छ कहिल्यै नेपालवादी दल,
खोल्लान् मानिस साथ दिन्छ कसले के हुन्छ रे हल्चल ।
केसीवाद चलोस् विभिन्न पथको धूलो उड़ाईकन
नेपाली हित मात्र गर्दछ भने मान्ने सधैं गर्छु म ।

भोक्कै बस्न अतीव दुष्कर छ है, नेताहरूले बुझून्,
माती टुन्न हुने प्रशासकहरू तत्काल वार्ता गरून् ।
केसी देश फुटाउने विषयमा भोक्कै बस्या हैन रे,
सी.के. राउतले र्गयो हठ भने वार्ता हुनेगर्छ रे ।

सीके राउतमा गरीकन दया मार्छौ कि केसी तिमी,
सीके ज्वाइँ समान खान्छ मजले नेपाल तोडौं भनी ।
केसी चाहिँ समस्त देशभरि नै सद्भाव भर्दोछ है ।
सीके राउतको प्रशासन भने गर्दैछ रक्षा अझै ।
छन्दः शार्दूलविक्रीडित

वि.सं.२०७४ पुस २६ बुधवार ०७:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कविता : खटपट

कविता : खटपट

निम्बतरु, अर्घाखाँची नासिकाबाट सलसली पानी बग्यो ओष्ठ चिसो भयो नासिका...

टुक्का कविताहरू

टुक्का कविताहरू

जी.वि.कश्यप, घोराही–१४ दाङ १. जन्मभूमि कर्मभूमि नेपाल आमा हाम्रो भौतिक...

कविता : समाधानको मार्ग खोजौँ

कविता : समाधानको मार्ग खोजौँ

कल्पना भट्टराई,टोखा, काठमाडौं हिलोमा डुबेको छ चुर्लुम्म देश, भयो पाइला...