back

युद्ध विराम गर्नै पर्छ

वि.सं.२०७४ पुस २६ बुधवार

342 

shares
NTC AD
Global IME AD

हे महामानव,
तिम्रो अनसन
एउटा युद्धको युद्धविराम हो ।
उठ !
अब युद्धविराम अन्त्यको घोषणा गर ।

तिमी मर्यौ भने
तिम्रो शवयात्रामा
मलाई थाहा छ धेरै आउँने छन् ।
तर सायद
तिमीलाई थाहा छैन होला,
शवयात्राको अग्रपङ्तीमा
कमिसन, भ्रष्टाचार र घुसखोरी हुनेछन् ।
तिमीलाई मार्नेहरुले नै
तिमीलाई काँधमा बोकेर आर्यघाट लानेछन् ।
जसका लागी तिमी युद्ध गर्दैछौ ,
त्यो जमात शवयात्राको अन्तिममा हुनेछ ,
तिमीलाई छुन त के देख्न पनि पाउँने छैनन् ।
केवल अविरल वगेका अश्रुधाराले
जले पछिको तिम्रो चिता पखाल्ने छन् ।

हे पवित्र आत्मा,
तिम्रो अनसन यो अनन्त युद्धको युद्धविराम हो ।
जसरी युद्धविराम गर्दा
दुबै पक्ष शक्ति संचय गर्नमा लाग्छन् ,
तिमी पनि त गर्दैछौ ।
नपत्याए हेर त तिमीले बनाएका मानव वारुदहरु ,
मानव सेलको न्यूक्लियसबाट बनेका न्यूक्लियर बम हरु ।
केवल तिम्रो ईसाराको आगमनको प्रतिक्षामा छन् पड्किनलाई !
उठ अब हे नायक ,
तोडिदेउ यी अनसनका युद्धविरामहरु ।
बजाउ पान्चजन्य र देउ आदेश ,
आफ्ना सन्चीत शक्तिहरुलाई पड्किन ।
दुर्योधन र शकुनीहरू डराइसके ,
तिनीहरुको आशन डग्मगाइसक्यो ।
हेर त अर्जुनहरु लड्न तयार छन् ।
दबाऊ ट्रिगर अनि हेर !
ती स्वचालित पड्किने छन् आफ्नो गन्तव्यमा पुगेर ।
अनि हेर उन्मुक्त हाँसिरहेको आकाशलाई,
अनन्त मुस्कुराईरहेका मुहारहरुलाई ।

हे कर्मयोगी निर्णय तिम्रो हो ,
आफु मरेर तिनीहरुलाई मलामी बनाउँने कि
आफु बाँचेर देशलाई पनि बचाउँने ?

युद्धविराम को अन्त्य गर महामानव,
मेरालागि गर ।
उस्कालागि गर ।
जुरुक्क उठ अब ,
र शंखघोष गर कि अब निर्णायक युद्ध हुनेछ ।
युद्धविराम बिनाको युद्ध हुनेछ ।
तीन करोड बम आफैं पड्किने छन् ।

वि.सं.२०७४ पुस २६ बुधवार ०७:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कविता : खटपट

कविता : खटपट

निम्बतरु, अर्घाखाँची नासिकाबाट सलसली पानी बग्यो ओष्ठ चिसो भयो नासिका...

टुक्का कविताहरू

टुक्का कविताहरू

जी.वि.कश्यप, घोराही–१४ दाङ १. जन्मभूमि कर्मभूमि नेपाल आमा हाम्रो भौतिक...

कविता : समाधानको मार्ग खोजौँ

कविता : समाधानको मार्ग खोजौँ

कल्पना भट्टराई,टोखा, काठमाडौं हिलोमा डुबेको छ चुर्लुम्म देश, भयो पाइला...