BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    नियन्त्रण बाहिर भाइरल

    संसार न्यूज संवाददातापौष २७, २०७४

    २७ पुस, जाजरकोट । दुई साता यता देखि विभिन्न गाउँमा फैलिएको भाएरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट मंगलबार बुधबार थप दुई जनाको ज्यान गएको हो
    भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार विहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षिय लालबहादुर भण्डारीको ज्यान गएको हो । त्यस्तै जुनीचाँदे ५ टिप्ककी ६५ वर्षिया कालु तिरुवाको पनि ज्यान गएको छ ।
    स्वास्थ्य शिविरमा राम्रो उपचार नपाएपछि भण्डारी नीजि मेडिकलमा गएका थिए । त्यहाँ पनि उपचार हुन नसकेपछि झारफुक तिर लागका थिए ।
    गोठमा बस्दै आएकी कालु केही दिनदेखि चिसोले थलिएका थिइन । उनलाई रुघाखोकी र ज्वारो आएको थियो । समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए । आजको अन्नपूर्ण दैनिकबाट

    ४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad