BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ४ गते
    Headlines :
    Ad

    एमबिबिएसको प्रश्नपत्र लिक गर्ने ६ जना दोषी ठहर

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, काठमाडौं । विशेष अदालतको एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गर्न काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यद्धय द्धारिकानाथ जोही र नारायणप्रसाद पोखरेलको सयुक्त इजलासले तीन वर्षपछि फैसला सुनाएको हो ।
    ०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य व्यक्तिसँग मिलेमतो गरी प्रश्नपत्र लिक गराएको ठहर गदै विशेषले कलेजका निर्देशक देवीराम पाण्डेलाई नौ महिना कैद र पाँच लाख पाँच हजार जरिवाना हुने तथा सोही कलेजमा शिक्षक हरिहर भन्ने खेतरनाथ सासपकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसला सुनाएको हो । अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गदै उनीहरुबाट बरामद गरेको ३४ लाख २५ रुपैयाँ समेत जफत गर्न भनेको छ । विशेषले सहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने सफाई दिएको छ । आजको नयाँ पत्रिका दैनकबाट

    ४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad