BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ४ गते
    Headlines :
    Ad

    ट्युनिसियामा ६ सय प्रदर्शनकारी गिरफ्तार

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, ट्युनिस । ट्युनिसियामा भएको प्रदर्शनका क्रममा झण्डै ६ सय जना भन्दा बढी प्रदर्शनकारीहरू गिरफ्तार भएका छन् ।

    अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार यो हप्ता ट्युनिसियाका सडकहरूमा आन्दोलनकारीहरूको आक्रोस निकै खरो देखिएको छ ।

    उत्तरी अफ्रिकी मुलुक ट्युनिसियामा अहिले पनि गरिबी र बेरोजगारीको समस्या समाधान हुन सकेको छैन ।

    प्रहरीले चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेकाले ३८२ जनालाई बुधबार पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ । झण्डै २८० भन्दा बढीलाई पक्राउ गरेको दुई दिनपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता खालिफ चिबानीले पछिल्ला दिनमा अघिल्ला दिनमा भन्दा धेरै हिंसा भएको बताउनुभयो ।

    प्रदर्शनका क्रममा भएको झडपमा परी २१ जना सुरक्षाकर्मीहरू घाइते भएको चिबानीले जानकारी दिनुभयो । अहिलेसम्म प्रदर्शनकारीतर्फ कसैको मृत्यु भएको खवर आएको छैन ।

    उहाँले प्रदर्शनकारीहरूबाट ठूलो मात्रामा श्रोत साधनहरूको क्षति भएको पनि बताउनुभयो । प्रदर्शनकारीहरूलाई तितरवितर पार्न र आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड टियर ग्यास समेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिनुभयो ।

    तानाशाह जीन एल अबिडिन बेन अलिको लामो समयसम्मको शासनबाट मुक्त भएपछि सन् २०११ देखि ट्युनिसियामा अपेक्षित रूपान्तरण भइरहेको छ ।

    तर यसै बर्षको सु? देखि भने निराशा र असन्तुष्टी व्यक्त भएको छ । मुल्यबृद्धि, संघर्षपूर्ण अर्थतन्त्र लगायतका कारणले निराशा छाएको हो ।

    ३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad