BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    अन्ततः सरकारबाट बाहिरिए माओवादी मन्त्री, ६८ दिनको पारिश्रमिक नलिने

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, काठमाडौँ नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् । ६८ दिन पहिले देखि विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउावसमक्ष राजीनामा बुझाएका हुन् ।

    पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको बताए । मन्त्री पोख्रेलले भने आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताए ।गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई विनाविभागीय बनाएका थिए ।

    ४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad