BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    चिसोले एकै गाउँका ५ को मृत्यु

    संसार न्यूज संवाददातापौष २९, २०७४

    २९ पुस, बाजुरा । केहिदिन यता अत्यधिक चिसो बढेसँगै फैलिएको रुघा र ज्वरोका कारण जिल्लाको विकट जगन्नाथ गाउँपालिकाको हुनी गाउँमा ५ जनाको मृत्यु भएको छ ।
    हुनीका वडाअध्यक्ष कर्णबहादुर विष्टका अनुसार मृत्यु हुनेमा ६० वर्षीया थुपानाथ, ५५ वर्षीय कर्ण शाही, ७३ वर्षीय मन विष्ट, ३६ वर्षीया सुपारी विष्ट र ६७ वर्षीया बना विष्ट छन् । चिसो बढेपछि दुई सातायता घरैपिच्छे रुघाज्वरोका बिरामी रहेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख राम प्रसाद न्यौपानेले बताए ।
    रुघाज्वरोले सिकिस्त भएर मृत्यु भएकाहरु भाइरल संक्रमणका कारण मृत्यु भएको अनुमान गरिए पनि कारण यकिन भइनसकेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । आजको कान्तिपुर दैनिकबाट

    ४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad