BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    थलिए बादी बालबालिका, दाउरा नभएको दिन रोएरै कट्छ रात

    संसार न्यूज संवाददातापौष २९, २०७४

    २९ पुस, बझाङ । केहिदिन यता निकै जाडो बढेको छ । बिहाँन साँझको समयमा त झन् घरबाहिर निस्कनै नसकिने अवस्था छ । घरभित्र बस्नका लागि पनि कित न्यानो लुगा चाहिन्छ कि त आगोको सहारा लिनुपर्छ । पुसको ठिहि¥याउने जाडोमा पनि लुगाको जोरजाम गर्न नसक्दा बझाङका बादी समुदायका बालबालिकाहरु भने नांगो शरीर जाडोको सामना गरिरहको छन् । कतिसम्म भने जाडोका कारण कठ्यांग्रिएर केटाकेटी बेहास हुने गरेका छन् ।
    दलितभित्रको पनि दलितका रुपमा चिनिने बादी समुदायको माटोको भाँडाकुँडा बनाउने र नाचगान गर्ने पुख्र्यौली पेसा विस्थापित भइसकेपछि उनीहरु मागेर गुजारा चलाईरहेका छन् । अरुले दया गरेर दिएको अन्नपातले गुजारा चलाइरहेको भए पनि जाडोमा आङ ढाक्ने कपडा नपाएपछि समस्या भएको थलाराकी पुनी बादीले बताइन् ।
    ‘घाम लागेको दिन दिउँसो घाममा गएर पल्टिन्छौं,’ ४ छोराछोरीकी आमा पुनी बादीे भनिन्, ‘हामीले जस्तो भए पनि सहेका छौं । बच्चाहरु जाडोले थरथरी काप्छन् । दाउरा नभएको दिन रोएरै रात काट्छन् ।’ केही दिनअघि जाडोकै कारण उनकी ५ वर्षीया छोरी बेहोस भएको पनि उनले बताइन् । आजको कान्तिपुर दैनिकबाट

    ३७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad