BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    वामपन्थी एकताका तीन आधार – नेता खनाल

    संसार न्यूज संवाददातापौष २९, २०७४

     

    २९ पुस, काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वाम एकताका तीन आधार र रहेको बताएका छन् ।

    पुष्पलाल अध्ययन समाजले आयोजना गरेका कम्युनिष्ट पार्टीविचको एकता रणनिति र कार्यनिति नामक अन्र्तक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् ।

    नेता खनालले माक्र्सवाद र लेनिनवादलाई हेर्ने समान दृष्टिकोण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था तथा समाजवादको लक्ष्य जस्ता विषयमा समानता नै पार्टी एकताका प्रमुख आधारहरु भएको बताए । नेता खनालले प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थाबाट नै समाजवादको बाटो तय गर्नु पर्ने बताए । उनले संविधानले समाजवादलाई मार्गदर्शनको रुपमा अंगीकार गरिसकेकाले समाजवादलाई मान्दिन भन्नु असंवैधानिक हुने बताए ।

    यसै गरि उनले दुई पार्टी विच छिट्टै पार्टी एकता हुने बताए । पार्टी एकताको उद्देश्यले जाने हो भने एकताको प्रचुर सम्भावना रहेको बताए । यसै गरि निर्वाचनमा जनताले एउटै पार्टीलाई जसरी मतदान दिएकाले पार्टी एकता हुन्न भन्नुको तुक नरहेको बताए ।

    रणनिति र कार्यनितिमा समानता नै पार्टी एकताको मुख्य आधार-  नेता श्रेष्ठ

    यसै गरि कार्यक्रमलाई संवोधन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दुई पार्टी विचको रणनिति र कार्यनितिमा समानता नै दुई पार्टी विच एकताको प्रमुख आधार रहेको बताए ।

    श्रेष्ठले संघर्ष गरेर ल्याएको संविधानको कार्यन्वयन र विकास गर्ने, प्रतिस्पर्धात्मक तबरबाट वामपन्थी सरकार बनाउने, सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउदै समाजवादको बाटोमा अगाडी बढ्ने जस्ता मुल राजनितिक कार्यनितिमा समानता रहेकाले पार्टी एकता हुने बताए ।

    ९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad