BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    वामपन्थी एकताका तीन आधार – नेता खनाल (भिडियोसहित)

    संसार न्यूज संवाददातापौष २९, २०७४

    २९ पुस, काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वाम एकताका तीन आधार र रहेको बताएका छन् ।

    पुष्पलाल अध्ययन समाजले आयोजना गरेका कम्युनिष्ट पार्टीविचको एकता रणनिति र कार्यनिति नामक अन्र्तक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् ।

    नेता खनालले माक्र्सवाद र लेनिनवादलाई हेर्ने समान दृष्टिकोण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था तथा समाजवादको लक्ष्य जस्ता विषयमा समानता नै पार्टी एकताका प्रमुख आधारहरु भएको बताए । नेता खनालले प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थाबाट नै समाजवादको बाटो तय गर्नु पर्ने बताए । उनले संविधानले समाजवादलाई मार्गदर्शनको रुपमा अंगीकार गरिसकेकाले समाजवादलाई मान्दिन भन्नु असंवैधानिक हुने बताए

    ४३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad