BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    रणनितिक र कार्यनितिक लक्ष्यमा एकरुपता नै पार्टी एकताको प्रमुख आधार- नेता श्रेष्ठ

    संसार न्यूज संवाददातापौष २९, २०७४

    २९ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रक वरिष्ठ नेता नारायाणकाजी श्रेष्ठले एमाले र माओवादी विच रणनितिक र कार्यनितिक लक्ष्यमा एक रुपता नै पार्टी एकताको प्रमुख आधार भएको बताएका छन् ।
    पुष्पलाल अध्ययन समाजले शनिवार राजधानीमा आयोजना गरेको कम्युनिष्ट पार्टी एकता (रणनिति र कार्यनिति) नामक अन्र्तक्रियात्मक कार्यक्रमलाई संवोधन गर्दै नेता श्रेष्ठले दुई पार्टीविच मुल राजनितिक कार्यनितिमा एकरुपता रहेको बताए । नेता श्रेष्ठले संघर्ष तथा बलिदानबाट प्राप्त संविधानको कार्यन्वयन गर्दै शान्तिपुर्ण प्रतिस्पर्धाबाट अघि बढ्नुपर्ने बताए ।
    यसै गरि नेता श्रेष्ठले अब बन्ने वामपन्थी सरकारले सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउदै समाजवादको यात्रा तय गर्नुपर्ने बताए ।
    नेता श्रेष्ठले सामन्तवाद विरोधी लोकतान्त्रिक क्रान्ति वामपन्थी दलको नेतृत्वमा सम्भव भएको बताउदै अबको समृद्धिको यात्रा पनि वामपन्थी दलले गर्ने बताए । यसै गरि नेता श्रेष्ठले नयाँ संविधान मार्फत नयाँ प्रकारको लोकतन्त्र संस्थागत भएको भन्दै समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई सफल र सुदृढ बनाउनु अबको प्रमुख उद्देश्य रहेको बताए ।

    ३०९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad