BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

     मेडिकल कलेजलाई पत्याएनन् विद्यार्थीले

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरु सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुईटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन् ।
    चिकित्शासास्त्र अध्ययन संस्थान (आईओएम) ले त्रिवि सम्बन्धनप्राप्त ८ वटा मेडिकल कलेजमा भर्ना लिन विहिबार र शुक्रबार आइओएमको प्रवेश परीक्षा पास भएका ३ हजार ३ सय मध्ये १ हजार ६ सय विद्यार्थीलाइ ‘ओपन हाउस काउन्सिलिङ’मा सहभागी अधिकांश विद्यार्थीले काठमाडौं महाराजगन्ज मेडिकल कलेज र नेपाली सेनाको स्वम्भूस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन रुचाए । यी दुवै कलेजमा पूरा सिट भरिए पनि अन्य ५ वटा कलेजमा अझै सिट खाली छन् ।
    काउन्सिलिङका क्रममा विरगन्जको नेसनल मेडिकल कलेजमा भर्ना हुन एकजनाले पनि रुचि देखाएनन् भने जनकपुरको जानकी मेडिकल कलेजमा दुई जनाले मात्र भर्ना हुने चाहना राखे । अन्य चारवटा कलेजका पनि थुप्रै सिट खाली रहें । आजको कान्तिपुर दैनिकबाट

    ४३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad