BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    बेलायतमा नेपालीलाई अढाई वर्ष जेल

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, काठमाडौं । बेलायतमा लागूऔषध कारोबारमा संलग्न एकजना नेपाली सहित दुईजनालाई जेल सजाय सुनाइएको छ । ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले अघिल्लो शुक्रबार २५ वर्षीय इमानुयल बोसम्यान र २४ वर्षीय चमन श्रेष्ठलाई क्रमश ः ५ वर्ष र दुईवर्ष ८ महिना जेल सजाय सुनाएको हो । बोसम्यान रेडिङको अर्गिल स्ट्रिट बस्ने भएपनि श्रेष्ठको ठेगाना उल्लेख छैन ।
    स्थानीय अखबार ‘दि रेडिङ क्रोनिकल’ का अनुसार ती दुई जना एउटा होटेल रुममा क्लास ए ड्रग क्रयाक कोकिन र हिरोइन सप्लाई गर्न तयारी गरिररहेको अवस्थामा पक्राउ परेका थिए । प्रहरीले गत जुन १७,२०१६ मा रेडिङ टाउन सेन्टर चिपसाइडमा खानतलासीका क्रममा उनीहरुबाट १२ पोका हेरोइन र क्रयाक कोकिन चकलेटको खोलमा लुकाईरहेको अवस्थामा भेटाएको थियो । उनीहरु प्रहरी धरौटीमा रहेकै बेला कानुन विपरीत गत अगस्ट ६ सन् २०१६ मा वकपिल्ड पार्क, मोर्टिमर वर्कसायरस्थित एक होटलमा हेरोइन र क्रयाक कोकिन आपूर्ति गर्न तयारी गरिरहँदा समातिएका थिए । आजको कान्तिपुर दैनिकबाट

    ३६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad