BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    ३७१ को दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी छाडिए

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, काठमाडौं । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यावसायिलाई वैदेशिक रोजगार विभागले बिनाकारबाही छाडेको छ । प्रतिव्याक्ति ४० हजारदेखि २ लाख रुपैयाँ सम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्धबहादुर घिमिरेलाई विभागले कुनै धरौती नलिई तथा विनातारेखमा छाडेको हो ।
    सञ्चालक घिमिरेले आफ्नै कर्मचारी विरुद्ध विभागमा अर्को उजुरी दर्ता गराएका छन । उक्त उजुरीमा घिमिरेले म्यानपावरमा भएको ठगी आफ्नो अनुपस्थितिमा म्यानपावर सञ्चालकका लागि नियुक्त गरिएका खैरहनी चितवन स्थायी घर भएका सञ्जय उप्रेतीको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरेका छन । फरार रहेका उप्रतीको नाममा विभागले बिहिबार पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।
    वैदेशिक रोजगार एनमा म्यानपावरबाट हुने ठगीमा सञ्चालकलाई हुने सजाय स्पष्ष्ट उल्लेख छ । ऐन विपरित कार्य गर्ने म्यानपावरका पदाधिकारी ाव कर्मचारी पहिचान हुन नसकेको म्यान पावर प्रमुखका रुपमा काम गर्ने व्याक्तिलाई र्नै कसुरअनुसारको कारबाही हुने व्यावस्था छ । जसअनुसार ठगीमा आरोपित उप्रेती फरार रहेको अवस्थामा म्यानपावर सञ्चालक घिमिरेमाथि नै अनुसन्धान प्रक्रिया अगाडि बढेनुपर्ने थियो । आजको नयाँ पत्रिका दैनिकबाट

    ४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad