BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    लुम्बिनी आउने ९० प्रतिशत पर्यटक एकैछिन घुमेर फर्किन्छन्

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, काठमाडौं । गत वर्ष लुम्बिनीमा १५ लाख ५२ हजार पाहुना आएका थिए । लुम्बिनी विकास कोषका अनुसार सन् २०१७ मा आएका पर्यटक मध्ये १ लाख ५५ हजार पर्यटक तेस्रो मुलुकबाट आएका हु्न् । बुद्धस्थल भ्रमणका लागि दैनिक यहाँ सयौं आउने गर्छन् ।
    प्रत्येक दिन आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । उनीहरुमध्ये ९० प्रतिशत पर्यटक एकैछिन धुमेर फर्किने गरेका छन् । महत्व र प्रचार प्रसार बढ्दै जाँदा घुम्न आउनेको संख्या वर्सेनी बढेको देखिन्छ । पर्यटकको बसाई अबधि भने बढेको छैन । यसले गर्दा यहाँको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । स्थानीय र व्यवसायीले फाईदा लिन सकेका छैनन् । ‘स्थलमार्गबाट आउने प्राय : सार्क मुलुकका पर्यटकहरु भारतीय सवारी लिएर भारतीयबाटो भएर आउँछन् । लुम्बिनी भ्रमण गरेर त्यहि बाटो उसै दिन फर्कन्छन्,’ स्थानीय व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसन (सान) का उपाध्यक्ष मिथुन श्रेष्ठले भने, ‘यसले गर्दा पर्यटक संख्या बढेसरह फाइदा लिन सकेका छैनौं ।’ भारतीय खाना समेत उतैबाट बोकेर ल्याउने गरेको उनले बताए । आजको कान्तिपुर दैनिकबाट

    ४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad