BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    कोरियालीबीच तनाव समाधान सम्भव देखिएको प्योङयाङको भनाइ

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, प्योङयाङ, उत्तर कोरिया  । दुई कोरियाबीच भएका पछिल्ला वार्ताले यदि दुवै मुलुक समस्या समाधानका लागि तयार भएमा समाधान असम्भव नभएको पुष्टि गरेको शनिबार उत्तर कोरियाले बताएको छ ।

    उत्तर कोरियाको सरकारी दैनिक पत्रिका रोडोङ सिनमुनमा प्रकाशित एक लेखमा भनिएको छ, “अब उत्तर र दक्षिण कोरियाबीच समस्या समाधानका गर्ने र सम्बन्ध सुधार गर्नका लागि इमान्दार छलफल गर्ने बेला भएको छ ।”
    सोल र प्योङयाङबीच गत मङ्गलबार पानमुनजोममा विगत दुई वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता भएको थियो । वार्तामा प्योङचाङमा हुने शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियालाई सहभागी गराउने दुई देशबीच सहकार्य र तनाव कम गर्ने विषयमा केही सहमति भएको थियो । यसैलाई उदाहरण दिँदै दुई मुलुकबीचको इमान्दार प्रयास सम्बन्ध सुधारका लागि आवश्यक रहेको पुष्टि भएको उत्तरको दाबी छ ।

    उत्तर कोरियाली नेता किम जोङ–अनले नयाँ वर्षको पहिलो दिन सम्बन्ध सुधारका लागि प्रस्ताव गर्नुभएपछि वार्ता हुनसकेको हो । शनिबार दक्षिण कोरिया र उत्तर कोरियाबीच कार्यस्तरीय वार्ताका अर्को हप्ता छलफल हुने बताइएको सोलका एकीकरण मामिला मन्त्रीले बताउनुभयो ।

    ४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad