BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    प्राचीन कपिलवस्तु राजदरबार क्षेत्र (तिलौराकोट) मा पुनः उत्खनन शुरु

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, कपिलवस्तु । प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ ।

    बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन् ।

    उत्खनन कार्य दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्वनिर्देशक कोषराज आचार्य, पुरातत्व विभागका प्रवक्ता एवं प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरलगायत लुम्बिनी विकास कोषका पुरातत्वविद्को सहभागितामा उत्खनन कार्य अघि बढेको छ ।

    यसअघि उत्खनन गरिएका भग्नावशेषबाट प्राचीन कपिलवस्तु नगरको मुख्य दरबार क्षेत्र तिलौराकोट नै रहेको प्रमाणित भइसकेको र बाँकी उत्खननले तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सघाउ पुग्ने पुरातत्व विभावका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो ।

    अत्याधुनिक प्रविधिबाट शुरु गरिएको अन्वेषण र उत्खननबाट आधिकारिकरुपमा प्रमाणसहित यस स्थानलाई राजा शुद्धोधनको राजदरबार क्षेत्रका रुपमा विश्वसामु चिनाउन यो उत्खनन निकै महत्वपूर्ण रहेको उत्खनन कार्यमा संलग्न दुरह्याम विश्वविद्यालयका प्रोफेसर रवीन कनिंघमले बताउनुभयो ।

    यस वर्ष मुख्य दरबार क्षेत्र तीन स्थानमा उत्खनन, अन्वेषण र संरक्षण गरिने परियोजनाका पुरातत्वविद् कोषराज आचार्यले बताउनुभयो । जनवरी ५ देखि शुरु भएको उत्खनन कार्य फेबु्रअरी २५ सम्म रहनेछ, पुरातत्वविद् आचार्यले भन्नुभयो, “सातौँ शताब्दीतिर प्रसिद्ध चिनियाँ तीर्थयात्री हुएन–साङ्गले यस क्षेत्रको भ्रमणपछि लेखेको यात्रा स्मरणका अनुसार गौतम बुद्धका पिता राजा शुद्धोदनको राज दरबार एउटा नदीको किनारमा अवस्थित, दरबार क्षेत्रलाई चारैतिरबाट मजबुत दोहोरो सुरक्षा पर्खालको घेरामा रहेको लगायतका स्थानमा रहेको वर्णन गरिएको छ ।”

    यसका साथै दरबार क्षेत्र आसपासका बाटोलगायत यात्रा स्मरणमा लेखिएका अन्य कुरा पनि तिलौराकोट दरबार क्षेत्रमा फेला परेको उहाँले बताउनुभयो ।

    ४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad