back

श्रीमान् सुन्नुहोस्

वि.सं.२०७४ माघ २ मंगलवार

147 

shares
NTC AD
Global IME AD

खै के काम समानता र समता लेखेर ती ऐनमा
राम्रो बोट सधैं थुतिन्छ सजिलै राखिन्न उद्यानमा
माली नै जब खोरमा छ थुनिँदै के हाल उद्यानको
मर्दामात्र दिइन्छ मान–पदवी के काम सम्मानको ।

‘वेश्या हो जननी’ भनेछ जसले सुन्दैन न्यायालय
आमाको ढुकुटी सिनिक्क छ यहाँ देख्दैन न्यायालय
दोषी फुक्छ भने सधैँ सडकमा के काम न्यायालय
आस्था–मन्दिर नै छ फोहर भने बन्नेछ शौचालय ।

कुर्सीले जब दिन्न न्याय सम त्यो बन्दैन न्यायालय ।
शिक्षा बालकमा समान नदिने त्यो हुन्न विद्यालय
उल्टो ज्ञान दिने भए गुरु भने खै ! दिन्छ सम्मान को ?
न्यायी नेत्र सफा र स्वच्छ नहुँदा के आश सम्मानको ।

धेरै शक्ति चलायमान बनिए फुट्नेछ धर्ती पनि
सारा भस्म बनी इमान, गरिमा रित्तिन्छ आफैँ अनि
ज्ञानी पुत्र भए कुनै कसुरमा पाइन्छ माफी पनि
कस्तो पुत्र थियो भनी विगतको हेरिन्छ पाना पनि ।

पाएनन् अब बाँच्न कृष्ण सजिलै यो कंसको देशमा
थाले कृष्ण निमोठ्न राक्षसहरु छन् पूतना भेषमा
सच्चा मानवमा विनाकसुरमै लाग्यो यहाँ हत्कडी
आमाको बलिदान-पुत्र थुनियो उल्टो घुम्यो यो घडी ।

पायो पागल होस् भनेर पदवी बोलेन गोविन्दले
श्रीमान् ! मान गयो भनेर कहिल्यै धाएन गोविन्दले
ए ! गोविन्द चिनेन यो समयले हौ देशका गौरव
‘श्रीमान् ! बन्धक राखियो किन यहाँ यो राष्ट्रको वैभव ?

छन्द-शार्दूलविक्रीडित

वि.सं.२०७४ माघ २ मंगलवार ०२:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कविता : खटपट

कविता : खटपट

निम्बतरु, अर्घाखाँची नासिकाबाट सलसली पानी बग्यो ओष्ठ चिसो भयो नासिका...

टुक्का कविताहरू

टुक्का कविताहरू

जी.वि.कश्यप, घोराही–१४ दाङ १. जन्मभूमि कर्मभूमि नेपाल आमा हाम्रो भौतिक...

कविता : समाधानको मार्ग खोजौँ

कविता : समाधानको मार्ग खोजौँ

कल्पना भट्टराई,टोखा, काठमाडौं हिलोमा डुबेको छ चुर्लुम्म देश, भयो पाइला...