back

वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा   दंग

वि.सं.२०७४ माघ ५ शुक्रवार

177 

shares
NTC AD
Global IME AD

५ माघ, बेनी, म्याग्दी  । आठ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा आठ वर्षपछि आँखा देख्न सक्ने हुनुभएको छ ।

म्याग्दीमा रहेको लायन्स क्लबको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सफल भएपछि आठ वर्षपछि श्रीमती पार्वती शर्मालाई देख्न पाउँदा शर्मा दंग पर्नुभएको हो ।

आँखा देख्ने भएपछि शर्माले आफ्नो उपचारमा खटिएका चिकित्सकलाई धन्यवाद दिँदै श्रीमती पार्वती शर्माले गरेको दुःख अब आफूले गर्ने बताउँदै घर फर्किनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा २४ वर्ष बिताएका शर्माले आठ वर्षपछि श्रीमतीलाई देख्न पाएको बताउनुभयो ।

यसैगरी, शर्माजस्तै तीनवर्ष अघि आँखाले देख्न छोडेपछि अरुको सहारामा जीवन बिताउँदै आएका बेनी नगरपालिका–५, पुलाचौरका हर्कबहादुर विक तीन वर्ष पछि आँखा देख्न सक्ने हुनुभएको छ । तीनवर्ष पछि श्रीमती लालकुमारी विकलाई देख्न पाउँदा विक पनि दंग पर्नुभएको छ ।

उमेरले ६५ काटेका विकलाई आँखा बन्द भएपछि रात र दिन एकै लाग्थे । बूढेसकालमा आँखाले समेत धोका दिएपछि श्रीमतीको सहयोगमा दिन बिताउने गर्नुहुन्थ्यो । शरीर र हात पाखुरा कमजोर भएपनि विकका आँखामा दृष्टि फर्किए पछि आफू युवा अवस्थामै फर्किएको महसुस भएको उहाँले बताउनुभयो ।

केही दिन अगाडि बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा म्याग्दीको सदरमुकाम बेनीमा सक्रिय रहेका लायन्स क्लबले आयोजना गरेको शिविरमा लामो समयसम्म आँखा बन्द भएका बिरामीको आँखा खुलेपछि खुशियाली छाएको छ ।

आँखा देख्नसक्ने भएपछि हिमालयन आँखा अस्पताल, पोखराका डा हरिविक्रम अधिकारीको नेतृत्वमा आएको टोलीलाई बिरामीले धन्यवाद दिँदै घर फर्किएका लायन्स क्लब बेनी महारानीकी अध्यक्ष प्रमिला श्रेष्ठले बताउनुभयो ।

“वृद्धवृद्धाको अनुहारमा खुशी देख्नु नै ठूलो सेवा हो । लायन्स सेवाका लागि समर्पित छ भन्ने पुष्टि समाजमा भइसकेको छ” उहाँले भन्नुभयो । शिविरमा ४६ जनाको मोतियाबिन्दुको शल्यक्रिया, चारजनाको सामान्य शल्यक्रियासहित १५० जनाभन्दा बढीले सेवा लिएका थिए । शिविरमा अधिकांशको दाहिने आँखामा समस्या भेटिएको डा अधिकारीले बताउनुभयो ।

लायन्सले स्वास्थ्य, शिक्षालगायत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ । जिल्लाको दुर्गम क्षेत्रमा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोर र रोग लुकाउने गरिएकाले पनि आँखाको समस्या भएका धेरै बिरामी स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् ।

गत महिना मलेसियामा व्यवसाय गर्ने बेनी नगरपालिका–१, रत्नेचौर स्थायी घर भएका दीपक बोगटीले स्व पिता ओमबहादुर बोगटी र भाइ लोकेश बोगटीको स्मृतिमा पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना गरेको आँखा शिविरमा ७०२ जनाले सेवा लिएका थिए ।

वि.सं.२०७४ माघ ५ शुक्रवार ०९:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...