back

चर्चित कलाकारहरुसहित भव्यरुपमा मनाईयो बेलायतमा माघे संक्रान्ति

वि.सं.२०७४ माघ ६ शनिवार

195 

shares
NTC AD
Global IME AD

बेलायतका मगरहरूले राष्ट्रिय सांस्कृतिक पर्व माघे (मकर )संक्रान्ति तथा पितृ पूजा गरेर भव्यरुपमा मनाएका छन् ।

बेलायतको फान्ब्रोस्थित पुरानो अकफम स्कुलमा  जनवरी १३ का दिन  मगर संघ युकेको यू.एच.एसबी शाखाले माघे संक्रान्तिका साथै  पितृ पूजा गरेर  धुमधामसँग  माघे संक्रान्ति मनाएका हुन् ।  विगत  दश बर्षदेखी हरेक बर्ष यसरी नै मनाउदै आएको उक्त शाखाले यस बर्ष दशौ स्थापना दिवसको रूपमा बिभिन्न कार्यक्रम गरेर मनाएको हो ।

पहिलो चरणमा मगरहरूको पौराणिक पितृपूजा बिधिपूर्वक मगर पुजारी ओम थापा काउचा मगरको संयोजकत्वमा मगर परम्परा अनुरूप तिन जना पुजारीहरू गणेश थापा मगर, पित्री पुजारीद्धय ओमबहादुर थापामगर, होम श्रीस मगरले सन्चालन गरेका थिए ।


पूजाको साईत प्रथम नौमती बाजा गुल्मी युके समुहको नौमती बाजाको धुनसँग बाजा–गाजाको साथ पूजा शुभारम्भ भएको थियो भने साखाका उपाध्यक्ष श्रीमती हेमा रानाको नेतृत्वमा महिला कमिटीहरूका अध्यक्ष श्रीमती पदम थापा सहित दिदी बहिनीहरूबाट उपस्थित श्रद्धालु भक्तजनहरूको निम्ती तरूल कण्डमुल ,खिचडी,बारा रोटी वा बटुक रोटी अन्य बिभीन्न परिकारलगायतको प्रसाद तयारी पारीएको थियो । उपस्थित सबै भक्तजनहरुले धुमधामसँग पूजामा सहभागी भई टिका प्रसाद लिएर आनंद लिएको देखिन्थ्यो  ।

लगतै दोस्रो चरणमा सचिव बिर बलालले आधिकारीक कार्यक्रम सुरू गरेका थिए भने  साखा अध्यक्ष लेख रानाले कार्यक्रमको अध्यक्षता गरेका थिए ।  साथै प्रमुख अतिथिमा गैरआवसिय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी थिए  रहेका थिए ।

सोहि कार्यक्रममा बिषेश अतिथिहरूमा रशमोर ब्रोरो काउन्शिलका काउन्सिल लिडर काउन्सिलर डेभेट क्याफोड र केन्द्रीय मगरसंघ युकेका सल्लाहकार घन थापा मगर, गैरआवसीय संघ बेलायतका उपाध्यक्ष डा. प्रेम आले मगर, यस साखा का सस्थापक अध्यक्ष ले।री। सुनिल राना मगर, मगर संघ युकेका  पूर्वअध्यक्षहरू हाल सल्लाहकारहरू मेजर रि। कुल थापा मगर साथै निवर्तमान अध्यक्ष दुत पुन मगर गैरआवसिय नेपालीसंघ बेलायतका महासचिव आर के त्रीपाठी आई सिसि सदस्य श्रीमती शान्ती कुँवर मगर साथै मगर संघ युकेका बर्तमान उपाध्यक्ष श्रीमती सिता पुन, मगर संघ युकेका संस्थापक महिला संयोजक तथा टष्ट्रीमेम्बर श्रीमती गोमा राना, साखाका निबर्तमान अध्यक्ष के.रि.ताम ढेगा, थिए । साथै  अन्य साखाका अध्यक्ष साथै प्रतिनीधीहरूको उपस्थिती थियो ।

सम्पूर्ण आमंत्रित अथितीको साथ प्रमुख अतिथि र संस्थापक अध्यक्षको बाट दशौ बार्षिक उत्सवको केक काटेर हर्सोल्लासका साथ सांस्कृतिक कार्यक्रममा बिषेस मगरहरूको कौडा नाच सुरूवात गर्ने दिन भएको हुँदा महिला कमिटीको प्रस्तुती अती रोचकको साथ सुरू भएको  थियो । सिनीयर सिटीजन आमा समुह ९मदत समुह० ले  मगरहरूको सोरठी नाच देखाएका थिए भने नयाँयुवाहरू सुश्री सुरक्षा राना साथै सुश्री पुष्पा रानाको समुहले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

नेपालबाट बेलायत पुगेका राष्ट्रिय कलाकारहरूले आकर्षक मिठो स्वरमा गीत गाएर उपस्थित दर्शकलाई भरपुर नचाउन र मनोरन्जन गराउन सफल भएका थिए । जस्मा कलाकारहरू बरिश्ठ लोकदोहरी गायिका बिमाकुमारी दुरा, गायक सन्तु थापा, गायिका मन्जु बिक गायक मनसुधन थापा थिए भने स्थानीय कलाकार गायकहरू के।रि। बिर थापा गाहा र तुलचन्द्र तिलीजा थिए ।

सो अवसरमा  प्रथम नौमती बाजा गुल्मी युके समुहले भरपुर मनोरन्जन प्रदान गरेका  थिए ।

विशेष त बृद्धा देखी बालक सम्ले आफ्नो मगरहरूको पौराणिक पर्व पित्री पुजा र खान पिनको साथ एकअर्कामा शुभकामना आदान प्रदान गर्दै सांस्कृतिक कार्यक्रम मा हर्षोल्लाससँग मनाएका थिए ।

संस्थाका  उपाध्यक्ष ऋषि रानाको  स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा सल्लाकार तथा पुजारी संयोजक ओम थापा काउचाले माघेसंक्रान्ती पर्व र पित्रीपुजाको बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बालबालिका अर्जुन थापा र नानी सिओना थापा मगरले अंग्रेजÞीमा माघेसंक्रान्तीको बिषयमा लेख बाचन गरेका थिए भने अत्यन्त रोचकका साथ नयाँ पुस्ताहरूले ध्यानपूर्वक सुनेका थिए  ।

प्रमुख अथिती फगामीले नेपाली बहुभाषी र बहुसंस्कृती बोकेको बताउँदै  बेलायतमा पौराणिक पित्रीपुजामा सहभागी हुन पाउदा आफू एक मगर भएकोमा गौरव ठानेको बताएका थिए ।   फगामीले बिश्वभरिका मगरहरूलाई शुभकाना प्रकट गरेका थिए भने केन्द्रका उपाअध्यक्ष श्रीमती सिता पुनले मगर संघ युकेको एक जग र पिलरको भुमिका तथा मगरको पौराणिक संस्कार संरक्षणमा मा उल्खेनीय भूमीका खेलेको भन्दै धन्यबादका साथ केन्द्रको तर्फबाट शुभकामना  व्यक्त गरेकी थिइन् ।

त्यस्तै शाखाका अध्यक्ष लेख रानाले बिशेष कार्यक्रमको निम्ती जिम्मेवार पाउन  सयोजक र उपस्थित सबैलाई बिषेश धन्यबाद दिएका थिए । स्मरण  रहोस् यस दिन मगरसंघ बेलायतका अन्य साखाहरूमा पनी सोही दिन रिडिंग साखा, केन्ट साखा, लन्डन साखा, वयल् साखा साथै सुईनडन साखा हरूले,आ–आफनो ईलाका मा धुमधामससँग माघे सकराती मनाएका थिए ।

वि.सं.२०७४ माघ ६ शनिवार ११:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...