back

भाउ नपाएपछि अम्लिसो खेतीप्रति निराश बन्दै किसान

वि.सं.२०७४ माघ ६ शनिवार

267 

shares
NTC AD
Global IME AD

६ माघ, इलाम । लागत अनुसारको भाउ नपाएपछि कुचो (अम्लिसो) खेतीप्रति किसान निराश भएका छन् ।

अदुवाको भाउ र बिक्री दुवैमा समस्या झेलेका इलामका किसान अर्को नगदेबाली कुचो (अम्लिसो) को पनि भनेजस्तो भाउ नपाएपछि नगदेबाली खेतीप्रति नै निराश बनेका हुन् ।

आधा भाउमा अदुवा बेचेर समस्यामा परेका किसान कुचोको भाउ नआएपछि झन समस्यामा परेका हुन् । अहिले बजारमा कुचो प्रतिकिलो रु ३० मा पनि बिक्री हुन मुस्किल छ ।

अदुवाको भाउसमेत राम्रो नआएपछि समस्यामा परेका फाकफोकथुम गाउँपालिका–२ का ख्यामप्रसाद ढुंगाना भन्छन् “अदुवाको भाउ त आएन आएन, अहिले कुचोको पनि भाउ नहुँदा किसान मारमा परेका छन् ।”

’अघिल्लो वर्ष एक हजार प्रतिमनमा बेचेको अदुवा यो वर्ष रु ५०० देखि ७०० मा बिक्न हम्मे परेको छ’, उनले भने– “अदुवाको घाटा कुचोले पूरा गर्लाकी भनेको, त्यो पनि काम दिएन ।”

अघिल्लो वर्ष प्रतिमन रु तीन हजारमा बेचेको कुचो अहिले प्रतिमन रु एक हजार २०० मा पनि बिक्न मुस्किल परेको गुणासो किसानको छ । भाउ नआउँदा नगदेबालीको लगानी त्यसै नाश भइरहेको अर्का किसान गोपीकृष्ण तिम्सिना बताउँछन्’, उनले भने “अदुवा र कुचोमा न भाउ आयो, न त उत्पादन नै राम्रो भो, खेतीको लगानी नै नउठ्ला जस्तो छ ।” दुःखले लगाएको नगदेबालीको उत्पादन र भाउ दुवै घट्न थालेकाले खेतीप्रति नै जाँगर मर्दै गएको तिम्सिनाले बताए ।

अघिल्लो वर्ष यो सिजनमा बजारमा कुचो र अदुवाको कारोबार उच्च भए पनि अहिले कारोबार कम भइरहेको इलाम नगरपालिका बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताए । भाउ नआएपछि अदुवा र कुचो दुवैको कारोबारमा कमी आएको उनले जानकारी दिए ।

अदुवा र कुचोको उत्पादन र भाउ दुवै नआउँदा किसानलाई मात्र होइन, व्यापारीलाई समेत घाटा भइरहेको पौडेल बताउनुहुन्छ । कुचो र अदुवाको मुख्य बजार भारत भएको र भारतले विभिन्न बहानामा निकासीमा अबरोध सृजना गर्न थालेपछि भाउ नआएको हुन सक्ने व्यापारीको भनाइ छ ।

भारतका विभिन्न स्थानमा कुचो, अदुवा, अलैँचीलगायतका कृषि उत्पादन बढेको भन्दै भारतीय व्यापारीले नेपालको उत्पादन कम मात्र लिने गरेको अर्का व्यापारी इन्द्र अधिकारी बताउँछन् ।

गत वर्ष इलामबाट रु दुई अर्ब ४७ करोड बराबरको कुचो निर्यात भएको जिल्ला पशुसेवा कार्यालय इलामका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिए । इलाममा गत वर्ष ५१ हजार ६०३ मेट्रिक टन कुचो उत्पादन भएको थियो । कार्यालयका अनुसार इलाममा पाँच हजार १८३ हेक्टर क्षेत्रफलमा अम्लिसो गरिएको थियो । गत वर्ष करिब रु ४८ प्रतिमन कुचो निर्यात भएको थियो ।

वि.सं.२०७४ माघ ६ शनिवार १०:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

फिक्कल (इलाम) । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको...

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

महोत्तरी । महोत्तरीमा असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको...

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका-२ माकाहाङका किसान उदय सङबाङफेले...

समिचोकको व्यावसायिक स्ट्रबेरीखेती फर्म आकर्षणको केन्द्र बन्दै

समिचोकको व्यावसायिक स्ट्रबेरीखेती फर्म आकर्षणको केन्द्र बन्दै

भरतपुर । चितवनको भरतपुर महानगरपालिका-५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरीखेती...