back

हुम्लामा नूनको अभाव छैन’ – साल्ट टे«डिङ

वि.सं.२०७४ माघ ९ मंगलवार

276 

shares
NTC AD
Global IME AD

९ माघ, हुम्ला ।  साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड हुम्लाका प्रमुख राजबहादुर लामाले जिल्लामा नूनको अभाव नभएको बताउनुभएको छ ।

जिल्लामा साल्ट टे«डिङसँग अहिले एक हजार २४० क्विन्टल नून मौज्दात रहेको लामाले बताउनुभयो ।

“सदरमुकामसँग पहुँच नभएका ग्रामीण भेगका केही बस्तीमा नून नपुगेको कुरा सत्य हो,” उहाँले भन्नुभयो । गतवर्ष तीन हजार ८७८ क्विन्टल नून ढुवानी गर्ने जिम्मा लिएका ठेकेदार तेजबहादुर महतले एक हजार ८२४ क्विन्टल मात्र ढुवानी गरेको उहाँले बताउनुभयो ।

“ठेकेदार महतले ढुवानी गर्न नसकेको बाँकी परिमाण बराबर नूनको रकम असुल भइसक्यो । यसबाट कर्पोरेशन घाटामा छैन,” लामाले भन्नुभयो ।

ठेकेदार महतले आफूले एक हजार ८२८ क्विन्टल नून ढुवानी गरेको र ढुवानी गर्न बाँकी नूनको रकम तिरिसकेको बताउनुभयो । जुम्ला हवाईमैदानमा करिब २०० क्विन्टल नून ढुवानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो । “मैले रु १७ लाखदेखि रु १८ लाखसम्म घाटा व्यहोरेको छु,” उहाँले भन्नुभयो । गत आवको असारमा हुम्लाका लागि दुई हजार क्विन्टल नून नेपालगञ्ज साल्टट्रेडिङबाट खरिद गरेको ठेकेदार महतको भनाइ छ ।

वि.सं.२०७४ माघ ९ मंगलवार ११:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...