back

सम्झनामा गुप्त आलेः एक कर्मठशील जनसेवक

वि.सं.२०७४ माघ १० बुधवार

318 

shares
NTC AD
Global IME AD

शिक्षण र स्वास्थ्यकर्मीको दोहोरो भूमिकामा हुँदा पनि दुवै काम अब्बल साथ सम्पन्न गर्नु हुने उहांले पैयुँ हटियामा लामो समय सम्म स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको छ । बच्चा जन्माउन नसकेका महिलाहरुलाई सहज ढंगबाट प्रशुति गराउने कलामा उहाँ पोख्त हुनुहुन्थ्यो । मध्यरातमा पनि कोहि बिमारी छ भन्ने थाहा पाउने बित्तिकै जुरुक्क उठेर भुर्तेल्थोक,बाइन डांडा ,धरमपानीको उकालो चढ्न उहाँलाई कत्ति पनि असहज हुँदैनथ्यो ।

१० माघ । यो काल भन्ने कुरो पनि कस्तो रहेछ भने जो सबैको प्रिय छ , उ समय भन्दा निकै चांडै यो संसार बाट बिदा हुने हुनु पर्ने । “आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो , इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।” कांशी नाथ न्यौपाने पैंयु खोला बाट बिदा हुँदा लामो समय सम्म सन्नाटा छायो । पर्बत जिल्ला अझ बिशेष गरेर दक्षिण पर्वतको मियो ढलेको अनुभूति भयो । केहि गरूँ गरूँ भन्ने उमेरमा उहाँ जानु भयो । हरि प्रसाद श्रेष्ठ र मेजर भिम बहादुरले भने अली पछि सम्मनै शिक्षा क्षेत्रमा सेवा गर्न पाउनु भयो। पछिल्लो समय दक्षिण पर्वतका जनताको प्रिय शिक्षक तथा आमुल परिबर्तनका सम्बाहक कृष्ण गौतमको सहादत असैह्य बज्रपात रह्यो। अन्य थुप्रै होनहार व्यक्ति तथा व्यक्तित्वहरु एक पछि अर्को गर्दै अर्कै लोकमा प्रस्थान गर्नु भयो । टेक बहादुर आलेको अवसानले ठुलो सुन्यता छायो। ऊहाँको निस्वार्थ समाज सेवाको भावनाको कदर त्यस्तै प्रकारको समाज सेवा बाट मात्र हुन सक्छ। हालै गुप्त बहादुर आलेले समेत हामी सबैलाई माया मारेर अर्कै लोक प्रस्थान गर्नु भयो। सम्भवतः आज भोलिमा उहाँको अन्तिम संस्कारमा पैंयुखोलो जुट्ने छ र श्रद्धा सुमन अर्पण गर्ने छ एउटा सच्चा समाज सेवी प्रती ।
पैयुँ खोलामा सुपरिचित नाम गुप्त बहादुर आले भन्ने बित्तिकै एउटा हक्की स्वभावका,खुला र प्रस्ट बक्ता समाज सेवीको रुपमा सानो बच्चा देखि बुढा बुढी सम्म सबैले चिन्दछन । उहाँको जन्म बि स १९९९ मा पर्वत जिल्लाको दक्षिण भेगमा अवस्थित साबिक हुवास गाबिस वडा न ७ पाट्नेथोकरथरमा भएको थियो । २०२७ सालमा वहाँ बेलायति सेनाबाट सेवा निबृत भए पछि आफ्नो बुबाले गर्दै आएको पुर्खेउली पेशा जिम्मावालको काम सम्हाल्न शुरु गर्नु भयो । त्यसपछि तत्कालिन श्री जनसेवा नि मा वि पैयुँ हटियामा शिक्षण पेशामा आबद्ध हुनु भयो ।
शिक्षण र स्वास्थ्यकर्मीको दोहोरो भूमिकामा हुँदा पनि दुवै काम अब्बल साथ सम्पन्न गर्नु हुने उहांले पैयुँ हटियामा लामो समय सम्म स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको छ । बच्चा जन्माउन नसकेका महिलाहरुलाई सहज ढंगबाट प्रशुति गराउने कलामा उहाँ पोख्त हुनुहुन्थ्यो । मध्यरातमा पनि कोहि बिमारी छ भन्ने थाहा पाउने बित्तिकै जुरुक्क उठेर भुर्तेल्थोक,बाइन डांडा ,धरमपानीको उकालो चढ्न उहाँलाई कत्ति पनि असहज हुँदैनथ्यो । अत्यन्तै न्युनतम शुल्कमा कतिपय अवस्थामा निशुल्क समेत उपचार गरि जन स्वास्थ्यको क्षेत्रमा लोकप्रिय उदाहरण बन्नु भएका गुप्त आलेलाई दक्षिण पर्वतका आम जनसमुदायले जुग जुग सम्म सम्झी रहनेछन ।

जेठा जिम्मालको एक मात्र छोरा गुप्त आले पारिवारिक विरासतको कारण कुनै सामन्ति चरित्रको बिचार र चिन्तनबाट ग्रसित नभई बामपन्थी प्रगतिशील सोंच र चिन्तन बाट प्रभावित हुनु हुन्थ्यो । नेकपा एमाले वडा न ७ हुबासको अध्यक्षको समेत उहाँले भूमिका निर्बाह गर्नु भएको थियो । सामाज सेवामा लिने भन्दा दिने कुरा प्रमुख हुनु पर्छ भन्ने मान्यता राख्ने उहाँ श्री जनसेवा संस्कृत उ मा वि पैयुँ हटियाको विद्यालय ब्यबस्थापन समितिको २ कार्यकाल सम्मको अध्यक्षको सफल भूमिका निर्बाह गर्नु भयो ।

पछिल्लो समय बि स २०६६ साल देखि उहाँ आल्डर्सुट लन्डनमा बेलायत सरकारले उपलब्ध गराएको सुविधामा परिवारको साथमा बस्दै आउनु भएको थियो । उहाँ सँग गत जुलाई ५ तारिकमा अल्टर्सुट लन्डनमा भएको आत्मीय भेटघाट अन्तिम नै रहेछ । यहाँ यति धेरै सरकारी सुबिधा छन् , तपाइलाइ पैयुँ हटिया भन्दा त बेलायतनै रमाइलो लाग्छ होला नि काकै ? भनेर मैले उहाँलाई भेटको अवसरमा सोधेको थिएँ ‘आफ्नो गाउँ भनेको आफ्नै हो , यहाँ मन रमाउदैन ।’ भन्ने जवाफ दिनु भयो। संसारमा जसलाई पनि सुख भन्दा खुशी प्यारो हुँदो रहेछ भन्ने अनुभूति उहाँको यो भनाइ बाट पनि बुझ्न सकिन्छ । त्यसैले त भनिन्छ “जननी जन्म भुमिश्चः स्वर्गादपि गरियसी”
अब कहिले जानु हुन्छ गाउँ ? भनेर सोद्धा , ‘माघ फागुन हुन्छ होला, नेत्र संग जाने हो’ भन्नु हुन्थ्यो । जान त उहाँ जाने हुनुभयो तर चुप चाप । एक पटक फेरी मर्र्दी खोलाको पानी एक छिन रोकिएर उहाँलाइ श्रद्धान्जली अर्पण गर्नेछ । पारि बनको न्याउली एक रात चुप चाप बस्ने छ ,पलांसे गहिरो फेरी एक पटक मन्द गतिमा सुसाउनेछ । सेती र मर्दी खोलाले सक्ने बेला सम्म हाम्रो सेवा गरेकै थियौ भन्दै बिदाको अभिनन्दन टक्र्याउनेछन । समग्र पैयुँ खोलेले समाधि कर्म पुरा गरि एउटा कर्मशील जन सेबकको बिदाइ गर्ने छन्। र,अन्त्यमा काकी ,बज्यै अनि बेलायतमा उहाँको सेवामा २४ सै घण्टा खट्ने मेरो प्रिय बाल दौंतरी नेत्र आले लगायत सबैमा हार्दिक समबेदना बाहेक अरु शब्द म संग अहिले छैनन्। गुप्त काकै संग हामि बेलायत घुम्न जाँदा संयोगबस यो फोटो खिचियो । अन्तिम फोटो , उहाँप्रति उहाँको पुर्व बिद्यार्थी , गाउँले छिमेकीको नाताले हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। तपाइको अर्को लोकको बसाइ चिर शान्तीमा बितोस् ।

वि.सं.२०७४ माघ १० बुधवार ०६:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...