BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    मजा बेग्लै हुन्छ

    संसार न्यूज संवाददाताआश्विन २, २०७३

    unnamed

     

    कसैद्वारा चुनिनुको मजा बेग्लै हुन्छ ।
    फुल बनी उनिनुको मजा बेग्लै हुन्छ ।।

    सिङ्गै संसार जितेजस्तो ऐँठनमा परेजस्तो।
    कलाभित्रै थुनिनुको मजा बेग्लै हुन्छ ।।

    कहाँ हुन्छ मायाको धुन भन्दै खोज्दै जाँदा ।
    ढुकढुकीमै सुनिनुको मजा बेग्लै हुन्छ ।।

    सपनाको इन्द्रेणीझैँ यौवनको रहरमा ।
    जालसँगै बुनिनुको मजा बेग्लै हुन्छ ।।

    दुखै साझा भए के भो बराबरी बाँडेपछि ।
    भागसँगै गुनिनुको मजा बेग्लै हुन्छ ।।

    ८७३ पटक
    प्रतिकृया दिनुहोस्