back

माछापालनमा किसानको आकर्षण बढ्दै, भुरा बेचेरै बार्षिक ८ लाख आम्दानी

वि.सं.२०७४ फागुन ४ शुक्रवार

258 

shares
NTC AD
Global IME AD
फाइल : फोटो

४ फागुन, भीमदत्तनगर । पछिल्ला वर्षहरूमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताए । उनले जिल्लाको बेदकोट, कृष्णपुर, बेलौरी, पुनर्वास, भीमदत्तनगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुरलगायत स्थानीय तहमा माछापालन व्यवसाय फष्टाउँदै गएको बताए ।

“पहिले किसान प्राविधिक ज्ञानबिना नै माछापालनमा लागेका थिए,” मत्स्य अधिकृत चन्दले भने, “सरकारको अनुदानका कारण माछापालनमा किसानको आकर्षण बढ्न थालेको छ ।”

जिल्लामा साना र ठूला गरी प्राकृतिक र कृतिम गरी करिब ७०० भन्दा बढी तालमा यहाँ माछापालन गरिँदैआएको छ । कृत्रिमभन्दा पनि ३० बिघासम्मका प्राकृतिक तालमा किसानले समूह बनाएर माछापालन गरिरहेका छन् भने कृत्रिम ताल बनाएर पनि उनीहरू माछापालन गर्दैआएका छन् ।

जिल्लामा २८५ हेक्टरमा माछापालन भइरहेको बताउँदै मत्स्य अधिकृत चन्दले चालू आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकामा माछापालनका लागि जलाशय निर्माण गर्न रु ९० लाख रकम आएको बताए ।

“तीस हेक्टरमा जलाशय बनाउन अनुदान आएको छ,” उनले भने, “किसान छनोट गर्ने प्रक्रिया चलिरहेको छ ।” उनले प्रतिहेक्टर जलाशय निर्माणका लागि किसानलाई रु तीन लाखका दरले अनुदान दिइने जानकारी दिए । यहाँ करिब आठ÷नौ जातका माछा किसानले पालिरहेका छन् । हरेक वर्ष जलाशय निर्माणका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।

उत्पादित माछाका लागि बजारको कुनै समस्या नरहेको उनले बताए । “बजार क्षेत्रमा अझै भारतीय माछा बिक्रीका लागि ल्याउने गरिएको छ,” उनले भने । किसानले माछापालनबाट मनग्य आम्दानी गरिरहेका छन् । पछिल्लो समय बेलौरी नगरपालिका–५ मा माछापालन फस्टाउँदै गएको छ । गाउँका ८० किसान एकताबद्ध भएर सोभातालमा व्यावसायिक माछापालन गर्न थालेका छन् ।

करिब आठ हेक्टरमा रहेको प्राकृतिक तलाउलाई व्यवस्थित गरेर सोभाताल मुक्त कमैया शिविरका किसानले व्यावसायिक माछापालन गरिरहेका छन् । विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि गतवर्षदेखि व्यवस्थित रुपमा थालिएको माछापालनमा आबद्ध कृपाराम चौधरीले बताए ।

“पोखरीको डिल बनाउन र पानीका लागि मोटर र बोरिङको लागि दातृ निकायले सहयोग गरेपछि माछापालन गर्न थालेका हौँ,” चौधरीले भने, “विगत वर्षमा वार्षिक रु तीन लाखसम्म कमाइ भएको थियो ।”

बेलौरी नगरपालिका–३ का किसानले पनि समूह बनाएर व्यावसायिक माछापालन गर्दैआएका छन् । स्थानीयवासीले कर्णाली व्यावसायिक माछापालन समूह बनाएर माछापालन थालेको समूहका कोषाध्यक्ष सावित्रा रावलले बताए । त्यहाँ डेढ बिघा जमिनमा माछापालन गरिएको छ ।

बेदकोट नगरपालिका–७ गाउजीका राजीव शर्मा लेखकले रु तीन करोडको लगानीमा व्यावसायिक माछापालन गरिरहेका छन् । करिब १० बिघा जमिनमा उनले पोखरी निर्माण गरी विगत दुई वर्षदेखि माछापालन गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका लेखकले लामो समय काठमाडौँमा जागिरपछि केही वर्षयता कञ्चनपुरमा आएर कृषि पेशामा लागेका हुन् ।

बेदकोट नगरपालिका–६ का हरिराम चौधरी पनि विगत अढाइ दशकदेखि माछापालन व्यवसायमा छन् । उनले करिब १२ बिघामा माछा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । माछा उत्पादनबाट वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने गरेको चौधरी बताउँछन् । जलाशय निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले अनुदान उपलब्ध गराएको उनको भनाई छ ।

भुरा विक्रि गरेरै वार्षिक आठ लाख आम्दानी गर्छन् चौधरी

विसं २०५६ देखि कञ्चनपुरमा पहिलो पटक माछाका भुरा उत्पादन गर्दै आएका शुक्लाफाँटा नगरपालिका–१ का पल्टु चौधरी वार्षिक भुरा बिक्रीबाट मात्रै रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालनमा ल्याएका चौधरीकहाँ प्रदेश नंं ७ का सबै जिल्ला तथा बर्दियाबाट समेत किसान भुरा खरिदका लागि आउने गरेका छन् । उनले माछापालन २०५० सालदेखि नै थालेका हुन् । पछि गएर माछाका भुरा उत्पादन र बिक्रीमा समेत हात हाले ।

“वार्षिक रु ७० लाखदेखि रु ७५ लाखसम्मको भुरा बिक्री हुने गरेको छ,” चौधरीले भने “रु आठ लाखदेखि रु १२ लाखसम्म भुरा बिक्रीबाट नाफा हुन्छ ।” उनले दुई बिघा जमिनमा माछापालन गर्दै आएका हुन् ।

सात प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएका चौधरीले भुरा फागुनदेखि भदौ महिनासम्म उत्पादन गर्छन् । “बिक्री त बाह्रैमास हुन्छ,” उनले भने, “बजारमा माछा पु¥याउनै सकिएको छैन ।”

वि.सं.२०७४ फागुन ४ शुक्रवार ०३:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग...

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

गलेश्वर (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न...

लघुवित्तको सहयोगमा किसानलाई व्यावसायिक पशुपालन तालिम

लघुवित्तको सहयोगमा किसानलाई व्यावसायिक पशुपालन तालिम

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका किसानलाई...

तोरीखेतीतर्फ किसान आकर्षित

तोरीखेतीतर्फ किसान आकर्षित

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार...