back

वैदेशिक रोजगारीमा ठगिनु भएको छ ? यस्तो छ क्षतिपूर्तिको व्यवस्था

वि.सं.२०७४ फागुन २३ बुधवार

201 

shares
NTC AD
Global IME AD

क) के तपार्इको कम्पनी फरक परेको छ ?
ख) के तपार्इको काम या कामको प्रकृति फरक परेको छ ?
ग) के तपार्इको पारिश्रमिक र अन्य सुविधा फरक परेका छन ?

तपार्इको बैदेशिक रोजगारको करारनामा हेर्नुस र उपरोक्त अवस्था, सुविधा र समझदारी बमोजिम तपार्इले रोजगारमा पाए नपाएको यकिन गर्नुहोस । तपार्इ वैदेशिक रोजगार पीडित हुनुहुन्छ, अन्यायमा पर्नु भएको छ वा बिचल्लीमै परेको हुनुपर्छ भन्ने हैन, छैन, थोरै पनि कहींकतै फरक पर्न गएको छ भने त्यो तपार्इ माथि भएको ठगी, शोषण र अन्याय नै हो जसको न्यायिक उपचार खोज्ने अधिकार तपार्इलार्इ बैदेशिक रोजगार ऐन २०६४ ले दिएको छ । उक्त ऐनको दफा ५५ मा करार विपरित कार्य गरे गराएमा हुने सजाय उल्लेख छ ।

उक्त दफामा “कुनै इजाजतपत्रवालाले कुनै कामदारसंग एउटा कम्पनीमा काम गर्न भनी करार गरी सो भन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी वा कामको प्रकृति नै फरक पारी अर्को कम्पनीमा काम लगाएमा वा जुन कामको लागि वैदेशिक रोजगारमा पठाएको हो सो काममा नलगार्इ अर्को काममा लगाएमा वा जति पारिश्रमिक र सुविधा दिने भनी लगेको हो सो भन्दा कम पारिश्रमिक र सुविधामा काम लगाएमा विभागले इजाजतपत्रवालालार्इ एक लाख रूपैया जरिवाना गर्नेछ र जति पारिश्रमिक र सुविधा कम दिएको हो सो रकम विभागले इजाजतपत्रवालाबाट कामदारलार्इ भराइदिनु पर्नेछ ।”

उपरोक्त कानून बमोजिमको न्याय र क्षतिपूर्ति पाउन तपार्इ स्वयम वा परिवार (नातेदार) मार्फत बैदेशिक रोजगार बिभाग बुद्धनगर काठमाडौँमा पठाउने म्यानपावर एजेन्सी बिरूद्ध उपरोक्त ठगी, शोषण र अन्यायका बिरूद्ध न्याय र क्षतिपूर्ति पाउन उजुरी दिनुपर्दछ ।
ऐनको दफा ३६. क्षतिपूर्तिको लागि उजुरी गर्न सक्ने व्यवस्था छ । यदि रोजगारदाता संस्थाले सम्झौतामा तोकिए बमोजिमको शर्त अनुसार रोजगार उपलब्ध नगराएमा सोको प्रमाण सहित कामदार वा निजको प्रतिनिधि (नातेदार) मार्फत वैदेशक रोजगार विभाग बुद्धनगर काठमाडौँमा गएर क्षतिपूर्ति पाउनका लागि उजुरी गर्न सक्ने व्यवस्था छ ।

विभागमा परेको उजुरीउपर आवश्यक जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विभागले इजाजतपत्रवालालाई वैदेशिक रोजगारमा जान लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति भराई दिने आदेश दिन सक्ने व्यवस्थासमेत ऐनमा उल्लेख छ ।

बैदेशिक रोजगार ऐन २०६४ मा के छ जान्नको लागि तलको फाइल डाउनलोड गर्नुहोस् ।

वि.सं.२०७४ फागुन २३ बुधवार ०८:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD