BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    एउटी पत्नीको सरल प्रश्न आफ्नो पतिलाई……

    शमिैला सुवेदी, झापाआश्विन ६, २०७३

    sarmila-subdei

    देह मेरो आत्मा तिम्रो नामको
    हत्केला मेरो मेहेंदी तिम्रो नामकाे
    सिउँदो मेरो सिन्दूर तिम्रो नामको
    निधार मेरो टिका तिम्रो नामको
    गला मेरो मंगलसुत्र तिम्रो नामको
    नाडी मेरो चूराहरू तिम्रो नामको
    औंलाहरू मेरो औंठी तिम्रो नामको
    ठूला मानिसलाई ढोगौं म, “सौभाग्यवती भएस” आसिश नि तिम्रो नामको
    तिज ब्रत र अरू सबै ब्रतहरू तिम्रै नामको
    यति सम्म कि
    कोख मेरो,
    दूध मेरो,
    खून मेरो
    अनि बच्चा ????
    बच्चा तिम्रो नामको……
    घरको ढोकामा लगाईएको “नेम प्लेट” तिम्रो नामको

    यति सम्म त ठिकै थियो….
    मेरो आफ्नो नामको सम्मुख
    लेखिएको गोत्र पनि मेरो होइन तिम्रै नामको….!
    सबथोक त तिम्रै नामको…..
    आखिर तिमीसँग के छ मेरो नामको …?????

    एउटी केटी बिहे गरेर पराइ घर गई
    हिजाेकाे केटी अब आज बुहारी भई
    पराईघरको सेवामा लागि…. स्याबासी पाई फलानाकि बुढि स्याबासी तिम्रो नामकाे
    सरिर मेराे इच्छा तिम्राे नामकाे
    हिड्ने डुल्ने चाहाना मेरो इच्छा तिमाे नामकाे
    याे हद सम्म त्यागदा पनि महिला नै अपहेलित किन??
    अाफ्नाे जति सबै त्यागेर अरुका निम्ति समर्पित हुने महिलाकाे सधै इज्जत गराै॥

    ५९०३ पटक
    प्रतिकृया दिनुहोस्