back

ज्याला माग्दा वडाध्यक्षबाट कुटाइ खाए विष्टले

वि.सं.२०७४ चैत १४ बुधवार

111 

shares
NTC AD
Global IME AD

१४ चैत, बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ ।

विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा कुटपिट गरेको स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष भुकाखोला लघु जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहेका छन् । ज्याला माग्दा निर्घातरुपमा कुटिएको पीडित मनबहादुर विष्टले बताएका छन् ।

उनले भने, “गाउँमा रहेको भुकाखोला लघु जलविद्युत् निर्माण भएको लामो समय वितिसक्दा पनि चैतेदशैँ मनाउनका लागि ज्याला माग्दा सोही वडाका वडाध्यक्ष कटकबहादुर विष्टले निर्घात रुपमा हातखुट्टा बाँधेर गाई गोरुको गोठमा थुनेर कुटपिट गरेको विष्टले बताए ।

वडाध्यक्षको कुटाइको खबरपछि पिलुचौर प्रहरी चौकीको टोलीले घाइते विष्टको उपचारका लागि जिल्ला सदरमुकाम मार्तडीमा मंगलबार ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

वलीले दिएको जानकारीअनुसार घाइते विष्टको घाउ केस फाराम भरिएको छ । थप उपचार र जानकारीका लागि विष्टलाई प्रहरी कार्यालयमा ल्याइएको उनले बताए । विष्टलाई कुटपिट गर्ने वडाध्यक्ष कटक विष्टलाई भने पक्राउ नगरेको बताइएको छ ।

वडाध्यक्ष विष्टले मनबहादुर विष्टले मदिरा सेवन गरी गाली गलौज गरेकाले हातखुट्टा बाँधेर प्रहरीलाई खबर गरेको बताए । उनले आफूले मन विष्टलाई कुटपिट नगरेको बताए ।

नवजात शिशुको शव भेटियो

यसैबीच, बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा वेवारिसे अवस्थामा उक्त शिशुको शव देखेको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिएका छन् ।

उनका अनुसार शव परीक्षण गरी दाहसंस्कार गरिएको छ । नवजात शिशु बेवारिसे अवस्थामा किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीको भनाइ छ । शिशु फाल्नेको थप अनुसन्धानका लागि जिल्ला अदालत बाजुराबाट म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

वि.सं.२०७४ चैत १४ बुधवार १०:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आज फेरी नयाँ रेकर्ड ब्रेक गर्यो सुनको मूल्यले, कतिमा हुँदै छ कारोबार  ?

आज फेरी नयाँ रेकर्ड ब्रेक गर्यो सुनको मूल्यले, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज वैशाख चार गते सुनको मूल्यले नयाँ रेकर्ड...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन (बागलुङ) । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका...

नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ सदस्य

नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ सदस्य

काठमाडौँ । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)मा एक लाख २०...

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...