BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    भित्र-बाहिर दुख्ने अचेल घाउ नक्कली

    ऋषि बस्ताकोटीसाउन १९, २०७३

    rishi bastakoti

    १.  सेवा, वस्तु, बजारको भाउ नक्कली,
    भित्र-बाहिर दुख्ने अचेल घाउ नक्कली,
    कस्को माया देखावटी, कस्को माया खाँटी-
    संगै बसी हिसाव गरौं, आऊ नक्कली ।
    २.

    कोही अगुवा दुनियाँलाई सधै दिवा स्वप्न बाँडेर उखानमा छन्,
    कोही मनुवा अझै विद्रोहको आगो झोसेर ‘पहिचान’मा छन्,
    छातीमा देश टाँसेर उर्जाशील युवा बिदेसिनुको पीडा कसले बुझ्छ –
    मृत्युको सन्त्रास बोकेर कोही किन इराक र अफगानिस्तानमा छन् ?
    ३.
    छोराले सोध्यो- बाख्रासित बाघ मिल्योभने के हुन्छ?
    खेल्दा-खेल्दै सर्पले भ्यागुतो निल्योभने के हुन्छ?
    के हुन्छ के हुन्छ खै, म आँफै सोचिरहेछु निरुत्तर –
    कालोलाई सेतो र सारोलाई गिलो भने के हुन्छ ?

    ७८० पटक
    प्रतिकृया दिनुहोस्