BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गजल ५२

    अजय सुगम खनालबैशाख २१, २०७५

    ajay-sugam-khanal

    थोरै विकास र धेरै भ्रष्टाचार अचम्म लाग्छ
    हेर्छु हाम्रा नेताको व्यवहार अचम्म लाग्छ

    यो सम्प्रदायिकता खल्बल्याउने कुरा गरेर
    केका लागी हो मारामार अचम्म लाग्छ

    कलम चलाउन सिपालु योद्धाका हातमा
    रगत लत्पत्तिएको तरबार अचम्म लाग्छ

    साहित्यको स र गजलको ग नजान्ने ऊ
    कहलियो पोख्त गजलकार अचम्म लाग्छ

    विदेशमा कहिलेसम्म पसिना बगाउने हामी
    किन मिल्दैन देशमा रोजगार अचम्म लाग्छ

    स्वास्थ्य शुलभ नभएरै होला नेताहरु
    हानिन्छन् विदेश लगातार अचम्म लाग्छ

    छिमेकी सीमान्तकृत रेखांकन मेटाइसक्दा
    गर्छन मात्रै भ्रमणमा वारपार अचम्म लाग्छ

    दुर्गम अनि सुगमकै इतिहासलाई लेखेपनि
    भन्छन् सबै छैन केही सार अचम्म लाग्छ

    मालारानी ३ अर्घाखाँची नेपाल हाल : दक्षिण अफ्रिका

    ९५४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad