BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    ‘नेपाल परेड डे’ बहिष्कार गर्नुका कारण यसो भन्छन् महासचिव चेम्जोङ

    संसार न्यूज संवाददाताजेठ ८, २०७५

    अमेरिकामा सन् २०१६ देखि हुँदै आएको ‘नेपाल परेड डे’ मा अमेरिकामा रहेका २८ भन्दा बढी संघ संस्थाले भाग नलिएर कार्यक्रम बहिष्कार गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको संयोजनमा अमेरिकामा खोलिएका सबै नेपाली संघ संस्थाको सहभागीतामा प्रत्येक वर्ष २०१६ मा दशौ हजारको सहभागितमा मनाउँदै आइएको ‘नेपाल परेड डे’ संचालन हुने पुर्वसन्ध्यामा अमेरिकामा रहेका २८ भन्दा बढी संस्घसंस्थाले विज्ञप्ति जारी गरेरै कार्यक्रम बहिष्कार गरेको बताएका थिए ।
    नेपाल र नेपालीका लागि यतिधेरै गर्वको विषय तथा कार्यक्रम रहेको ‘नेपाल परेड डे’ वहिष्कार गर्नुको कारणका बारेमा किराँत याक्थुङ चुम्लुङका महासचिव तथा संघीय समाज नेपालका सचिवसँग यसै सेरोफेरोमा रहेर संसारन्युजले गरेको कुराकानी अनलाईन वार्ता ।

    हालै सम्पन्न भएको नेपाल ‘परेड डे’ मा अमेरिकाका धेरैजसो जनजाति संस्थाले भाग नलिएर बहिष्कार गरेका छन् तपाईहरुले पनि गर्नुभएछ खास किन हो ? नेपालीहरू गर्वको कार्यक्रम संसारको राजधानी न्युयोर्क सहरमा नेपालको पचासौ प्रकारको संस्कृतिहरू प्रदर्शन गर्ने ठूलो अवसरको रूपमा २०१६ देखी सुरू गरिएको हो ‘नेपाल परेड डे’ । फिप्नाको संयोजनमा सबै संघसंस्थाहरूको सहभागितामा विगतका दिनमा दशौ हजारको सहभागितामा सम्पन्न हुदै आएको थियो । तर, यसबर्ष फिप्नाको पुर्वअध्यक्ष लुईसांग वाईबा र पूर्वउपाध्यक्ष मंगलदासले ‘नेपाल परेड डे ईंक’ नामको निजी कम्पनी दर्ता गरेर अघिल्लो २ सालको हिसाबकिताब सहित सबै ईंकमा ट्रान्सफर गरेर सम्पूर्ण नेपालीहरूलाई गुमराहमा पारेको तथा संस्थामा चरम भ्रष्टाचार भएको देखीएपछी जनजाती लगायतको संघसंस्थाहरूले सबै नेपालीको साझा परेड डे बनाउने माग गरेको छ । यिनै हुन् कार्यक्रम बहिष्कार गर्नुको कारण ।

    त्यस्तो के भ्रष्टाचार पाउनु भयो र देशको हितका लागि हुने कार्यक्रम सबैले बहिष्कार गर्नुभयो ?

    परेड आयोजक ईंक तीनजनाको नाममा सुटुक्क दर्ता गरी परेडको नाउँमा जनजाति महासंघ –फिप्ना)को ट्याक्स आईडी प्रयोग गरेर उठाएको दुई वर्षको ४६७,००० डलरको हिसाब किताब नबुझाएको, फिप्नाको बैंक एकाउण्टबाट उब्रेको झण्डै १५ हजार डलर कसैलाई जानकारी नगरी रातारात ईंकको खातामा सारी स्टेक होल्डर संस्थाहरु र समाजलाई गुमराहमा राखी सामाजिक आर्थिक अपराध लगायत रहेका छन् ।
    बहिष्कार गर्नेमा कुन–कुन संस्था हुन ?
    नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना), शेर्पा किदूग युएसए, मुस्ताङ किदूग युएसए, मनाङ किदूग युएसए, घ्याल्सुम्दो सेवा संस्था युएसए, गुरुङ (तमु) सोसाईटी अफ अमेरिका, मगर एशोसिएसन युएसए, ह्योल्मो सोसाइटी अफ अमेरिका, न्यूयोर्क नेवा गुथी, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका लगायतका २८ संस्था छन् । यी संस्थाहरुले विज्ञप्ति नै जारी गरेर बहिष्कार गरेका हुन् ।

    कारबाही पनि गर्नु भयो रे नि त ?
    हो नि कारबाही गरिसकेका छौं । नेपाल आदिवासी जनजाति महासंघले निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई आगामी दिनमा फिप्नाको तर्फबाट प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरेर निलम्बन गरिसकेको तथा अध्यक्ष वाईबालाई सल्लाहकार पदबाट समेत वर्खास्त गरिसकेको छ । साथै परेड २०१७ को संयोजक रहेका ईंकका अर्का सदस्य तथा रिजउड नेपाली समाजका अध्यक्ष रबि किरण कोइरालालाई फिप्नाले बैंकको हिसाब बुझाउन चिठ्ठी काटेको छ ।

    तपाई किराँत याक्थुङ चुम्लुङ अमेरिकाको महासचिव र संघीय समाजवादी पार्टीकोसचिव पनि हुनुहन्छ दुइवटै संस्थाका गतिबिधिहरु बारे बताइदिनुस् न ?
    म नेफेसोको सचिव छु । नेपालमा हुँदा ससफोको धनकुटाको संस्थापक अध्यक्ष थिए म राजनीतिक र सामाजिक काम मै प्राय व्यस्त हुन्छु । सामाजिक समुदायगत उत्थानको काममा पनि लागौ भनेर यहाका सबै लिम्बु समुदायले विश्वास गरेर मलाई कियाचु को माहासचिवको जिम्मेवारी दिनुभाको छ । हामी यहाको संघ संस्था हरू मार्फत नेपाल र नेपाली समुदायलाई सेवा गर्ने भावले काम गर्छौ । कियाचुको माध्यमबाट विदेशमा पनि हाम्रो मौलिक संस्कृतिहरूको जर्गेना साथै विभिन्न हाम्रो मौलिक चाड पर्वहरू मनाउने र भावनात्मक रूपमा एक हुदै समग्र नेपाली समुदाय माझ काम गर्दै आईरहेकोछौ । नेपालमा हुने सबैप्रकारको सर सहयोग ,प्राकृतिक विपत्ति लगायतमा सहयोग गर्दै आईरहेको छौ ।
    दुवै संस्थाका भावि योजनाहरु के के छन् ?
    नेफेसोको हामी संगठन विस्तार कार्य तिव्र गतिमा अगाडी बढाउदै छौ । आगामी सेप्टेम्बरमा महाधिवेसन पनि छ । त्यसको तयारी पनि छ । कियाचुलाई संस्थागत तथा आर्थिक हिसावले सबल बनाउदै आगामी दिनमा संस्कृति, भाषा, लिपीको क्षेत्रमा काम गर्नुको साथै हामी नेपालमा समेत हाम्रो समुदायलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने जस्तै छात्रबृत्तिको कार्यक्रमलगायतको योजनाहरू अगाडी सारेका छौ ।

    यहाँको विचारमा अमेरिकामा कार्यरत नेपालीहरुका लागि अहिलेको परिवेशमा चुनौती र अवसर के केहोलान ?
    अमेरीकामा अवसरको महासागर छ योग्यता क्षमता हुनेहरूको लागी यो माहासागर हो । तर, नेपालबाट सामान्य गाउँले बाताबरणबाट आएकाहरूको लागी यहाको भाषा , कानुनहरू बुझ्नु समय लाग्छ ।

    ३७५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad