BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

     युवा

    टीका आत्रेय, इटहरी सुनसरी नेपालजेठ ९, २०७५

    पाखा पखेरा उठ जाग भन्छ
    यो देश तिम्रै श्रम पर्खिदैछ
    बाँझो गरामा सुन झुल्नुपर्छ
    माटो रमाई अब फुल्नुपर्छ ।

    तिम्रो कलामा युग फक्रिनेछ
    पाषाण नौनी सरि पग्लिनेछ
    यी हातमा हात मिलाइदेऊ
    ती काँधमा देश अटाइदेऊ।

    आकास तिम्रो शिरमा उभिन्न्छ
    धर्ती तिमीमै लहरिन्छु भन्छ
    पर्खेर बाटो पनि पाइलामा
    हिड्नेछ तिम्रै गतिमा दिशामा ।

    ऐना तिमी हौ युगले नियाल्ने
    सम्पूर्ण सामेर्थ्य भविष्य कोर्ने
    तिम्रो उषामाा जब घाम खुल्छ
    आकास सिङ्गै तिमीमा नुहुन्छ ।

    आभा तिमी हौ रवि खुल्न आओस्
    पोतेर धर्ती दिन मुस्कुराओस्
    काँढा फुलाऊ र कपास जस्तै
    विस्वास देऊ जनमा प्रसस्तै ।

    आगो पिएको इतिहास साक्षी
    राखेर हिँड्नू तरवार माथी
    सक्छौ तिमी सागर प्यूँन सक्छौ
    यो विश्वको धार बदल्न सक्छौ ।

    इति

    ४०५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad