BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ४ गते
    Headlines :

    प्रधानमन्त्री र २१ जना मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, सबैभन्दा धनी रघुविर महासेठ

    संसार न्यूज संवाददाताजेठ १०, २०७५

     

    १० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित २१ जना मन्त्रीहरुको आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले बुसम्पत्ति सार्वजनिक गरेका हुन् ।

    यस्तो छ विवरण
    प्रधामन्त्री केपी शर्मा ओलीको नाममा बैंक व्यालेन्स ४२ श्रीमती राधिका शाक्यको नाममा १० लाख नगद र २५ लाखको सेयर, शाक्यको नाममा भक्तपुरमा ढेड रोपनी सहितको ३ तल्ला घर, झापामा १० कट्ठा , १८ तोला सुन रहेको छ ।

    गृहमन्त्री राम वहादुर थापाको ६ तोला सुन, श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुरमा घर र २३७ वर्गमीटर जग्गा , ६ तोला सुन, नगद ३ लाख ६० हजार , शेयर १४ हजार ६ सय , पार्टीले दिएको एउटा गाडी ।

    रक्षा मन्त्री इश्वर पोख्रेलको टोखा ६ मा २३ आनामा वनेको ३ तले घर, झापामा १२ कट्ठा र भक्तपुरमा १ रोपनी जग्गा, खानीखोलामा ४ रोपनी जग्गा, श्रीमती मिरा पोख्रेलको नाममा ९ तोला सुन, चाँदी २५ तोला , शेयर १३ लाख वढि, ऋण २० लाख रहेको छ ।

    शिक्षा मन्त्री गिरीराज मणि पोख्रेलको खोटाङमा २२ रोपनी जग्गा, वैङ्कमा झण्डै ४ लाख नगद रहेको छ भने वन तथा वातावरण मन्त्री शक्ति वहादुर वस्नेतको जाजरकोटमा घर, जग्गा १.८.०.० वर्ग मीटर जग्गा, स्कोरपियो गाडी पार्टीवाट प्राप्त नगद १५ लाख , सुन ५ तोला, चादी १० केजी रहेको छ ।

    सम्पत्ति विवरणमा सबैभन्दा धनी भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् । उनको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा साढे २ तले घर, ललितपुरमा साढे दुई तले पक्की घर, धनुषा, सिन्धुली, र ललितपुरका विभिन्न स्थानमा करोडौ मूल्यको जग्गा, विभिन्न वैङ्कमा नगद ७२ लाख २७ तोला सुन, डेढकेजी चाँदी चादी, श्रीमती जुलीको नाममा झण्डै ७ करोडको शेयर, सगोलमा १ सय ५० विगा जग्गा, ऋण २ करोड रहेको विवरण बुझाएका छन् ।

    उर्जा,जल श्रोत तथा सिचाई मन्त्री वर्षमान पुनको १५ तोला सुन, चाँदी २ केजी, नगद ७ लाख ५० हजार, रोल्पा जांकोटका विभिन्न स्थानमा ३ वटा घर रहेको छ ।
    उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवको १६ तोला सुन, ४ लाख नगद, सिराहाको रामनगरमा घर, सिराहामा १ करोड भन्दा वढि मूल्यको जग्गा रहेको छ ।

    त्यस्तै अर्थ मन्त्री युवराज खतिवडाको कठमाडौ कामनपा ४ मा १९ आनामा वनेका दुइवटा घर । भक्तपुर र काठमाडौमा २८ आना वढि जग्ग्गा, दोलखा र झापामा पनि जग्गा , सुन १० तोला , चाँदी १ किलो, अम्ेरिकी डलर १० हजार ७०३, विभिन्न बैंकको खातामा करोडौ वैंक व्यालेन्स,ऋण दिएको २४ लाख , मोटरकार लगायतका रहेका छन् ।
    कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर वहादुर तामाङको ३० तोला सुन, बैंकमा १ लाख २८ हजार, १५ लाख रुपैयाँ बराबरको सेयर, काठमाडौ गोकर्णेश्वरमा अढाई तले घर, खोटाङमा १०५ रोपनी जग्गा , काठमाडौ, सिन्धुुपाल्चोक, मोरङमा करोडौ मूल्यका जग्गा ७० लाख ऋण र कार रहेको छ ।
    कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको कपिलवस्तुका विभिन्न ठाउँमा ३ कट्ठा वढि जमीन,१५ लाख बैंकमा मौज्दात १० लाख वढिको शेयर, स्कूटर रहेको छ भने
    महिला वालवालिका तथा समाजकल्याण मन्त्री थममाया थापाको वेनी ८ मा घर , वैङ्कमा १५ हजार नगद ।

    परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको काठमाडौ ३१ मा २ तले पक्की घर, सुन २ तोला, वैङ्क ब्यालेन्स २ लाख ६० हजार रहेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको १० तोला सुन, चाँदी १५ तोला, श्रीमती विमालको नाममा नगद ५५ लाख, भैंसेपाटीका ४ आना जग्गा, मोरङ विराटनगर १२ मा १ कट्ठामा वनेको ५ कोठे घर, पैत्रिक सगोलमा ४ विघा जग्गा रहेको देखिएको छ । उनको झण्डै १५ लाख ऋण रहेको विवरणमा देखिएको छ ।
    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको कामनपा २९ मा ४० लाखको जग्गा, गुल्मीको इष्मामा २ कच्ची घर तथा ५० रोपनी वढि जग्गा, सुनको सिक्री २, बाला २, टप ३४ सेट र औठी ३ वटा, विभिन्न वैङ्कमा शेयर रहेको छ भने उनको ऋण ७० लाख वढि ऋण रहेको विवरणमा उल्लेख गरेका छन् ।
    त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको ६० तोला सुन, चाँदी ३० किलो, काठमाडौ वुढानीलकण्ठमा घर, पोखरा लेखनाथमा पैत्रिक घर र पोखरालेखनाथमा बैंक व्यालेन्स २४ लाख ५७ हजार, शेयर ३२ लाख र एउटा सानो कार रहेको छ ।
    सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल वास्कोटाको भक्तपुरमा एक तले पक्की घर, वनेपामा १० रोपनी भन्दा वढि जग्गा , १७ तोला सुन, चाँदी ६० तोला, शेयर र नगद गरेर झण्डै २० लाख , ऋण १५ लाख रहेको विवरणमा उल्लेख छ ।
    संस्कृति पर्यटन राज्यमन्त्री धन वहादुर वुढाको डोल्पा र बाँकेका विभिन्न स्थानमा ४ रोपनी भन्दा बढी जग्गा र ४० लाखको हाइलक्स गाडी ।
    खानेपानी मन्त्री विना मगरको ५ तोला सुन, चादी १६ तोला, एउटा स्कुटर, श्रीमान प्रकाश दाहालको नाममा चितवन भरतपुरमा २ कटठा जमिन ।
    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको स्याङ्जा वालिङ १ मा १२ आना सहितको घर, शेयर १ लाख ७५ हजारको । ८ लाख ऋण, जग्गा विभिन्न ठाउँमा २ विगा भन्दा वढि जग्गा, काठमाडौमा १० आना जग्गा, स्याङजा लगायतका ठाउमा झण्डै ७० रोपनी जग्गा, बैंक ब्यालेन्स साढे ७ लाख, सुन १५ तोला , चादी २० तोला , ट्याक्टर ३ वटा रहेको छ ।
    कृषि भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको २ तोला सुन, ५५ तोला चादी र ५ लाख ऋण रहेको विवरण पेस गरेकी छन् । ।

    युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनारको ५० तोला सुन, १३ लाख नगद, श्रीमती अन्जु विश्वकर्माको नाममा ७ लाख रहेको र ५ लाख ऋण लिएको विवरण पेश गरेका छन् ।

    २०० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad