BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    भ्रातृत्व

    पुरानाघरे, न्यु ह्याम्पसायर अमेरिकाजेठ १०, २०७५

    अभिमानको भोक आपूर्ती गर्न
    आरिस र र्इर्ष्याका तिर्खा भर्न
    निजी स्वार्थका बलिबेदीमा
    निर्दोष आफन्तहरू चडाएर
    मान्छे कहिलेसम्म धर्म कमाउन सक्छ रु

    निःशुल्क मिलेका शोषणहरूको घर बनाएर
    गुमनाम बाटाहरूमा निरर्थक पाइला टेकेर
    साँढे गोरूको यात्राको जिमेदारी लिएर
    निर्दोष आस्थामाथि बुट बजारेर
    मान्छे कहिलेसम्म स्वावलम्बी होला रु

    चेतनामा बन्दुक भिरेर बाध्यताको
    बन्दकी राखेर शैक्षिक योग्यताहरू
    निरिह भाग्य लुटिसकेपछि
    मैले हेर्ने आँखाको दृश्य दाबी गरेर
    अनगिन्ती दुर्गन्धहरू फालेर हावाभरि
    बाध्यताका छद्म खोल ओढेर नैतिकतासम्म
    दायित्व पोखेर फोहोरका कन्टेनरहरूमा
    मलाई मास्छु भन्छ
    मैले घाऊजत्तिकै माया गरेको मान्छे
    मैले देवताजत्तिकै सम्मान गरेको मान्छे

    मेरो निधारदेखि प्रारब्धसम्म
    ऊ अधीनताको बार्दली लगाउनु भन्छ
    मेरो घरको मतान अतिक्रमण गरेर
    ऊ हैकमको झण्डा गाड्नु भन्छ
    मेरो आस्थाकै मन्दिरमा
    ऊ सुतेर मस्त निधाउनु भन्छ
    मेरो गृहस्तिका कपालहरूमा
    सेताम्य भएर दुःखहरू फुलुन भन्छ
    मेरो दैनिकिको घडीमा सधैभरि
    ऊ गन्जागोल चुनौतिहरू घुमुन् भन्छ
    मैले बाँच्ने दुनियाँमा
    उसको खटनले दाँधे लगाओस भन्छ
    मैले जप्ने जीवनका मन्त्रहरूको सट्टा
    उसको भजन गाइनु पर्छ भन्छ
    मेरो कर्मलोकमा उसका गोठालाहरूले
    सुरक्षित बस्तुभाउ चराउन पाउनु पर्छ भन्छ
    मैले हेर्ने आँखाहरूमा
    ऊ दुष्टताका चश्मा लगाउनु भन्छ
    मैले हिँड्ने हरेक पाइलामा
    उसका बुटका पदचापहरू देखिनु पर्छ भन्छ
    हैट १ भन्दा भन्दा अब त
    उसले टेकेको मेरो निधारमा पनि
    भ्रातृत्वको पाइलो सिलान्यस गरेर
    मेरो जीवनभरि भाग्य टेकेर उभिन्छु भन्छ

    मेरो दैनिकी उतैतिर भतुवा बस्छु भन्छ
    मेरो ढाँड उस्कै कर्म बोकेर बाँच्नु भन्छ
    मेरो गाँस उसैको जुठो भएर बाँच्नु भन्छ
    मलार्इ मेरो स्वतन्त्रताले गिज्याउँछ
    मेरो प्रारब्ध निरीह सावित मलार्इ खिसि गर्छ
    आज एकाबिहानै एउटा सुचना आएर भन्छ
    मेरो भाग्य उसैको गुलाममा अनुवन्दित भयो ।

    इति

    २९१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad