BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    चेलीहरु हराउन थालेका छन्

    कमला प्रसार्इं, न्यु योर्क अमेरिकाजेठ ११, २०७५

    यतिबेला मैले भन्न खोजेका कुराहरु
    न त द्रौपदीका हुन्
    न त कुन्तीको वैंशमा लगाइएका
    पिरतीका कथाहरु नै हुन्
    यति बेला म दुखिरहेछु, त्यसै दुखिरहेछु
    अनगिन्ति चेलीका आँसु भरिएका आँखा
    अनि त्यो कहालीलाग्दो संसारभित्र
    किन यसरी चेलीहरु हराउन थालेका छन ?
    कहिले स्कुलबाट घर नफर्कने गरी
    चेली हराउन थालेका छन्
    कहिले घरबाटै मुम्बइको कोठीमा पुग्ने गरी
    चेली हराउन थालेका छन्
    यहाँ चेलीको बोली हराउन थालेको छ
    कतै तिनको चिनो छैन
    कतै तिनको दाग छैन
    किन आजभोलि
    सर्पले भ्यागुता निलेझैं
    हाम्रा चेलीहरु निलिदै छन्

    कस्तो नसुनेका ? कस्तो बुझ पचाएका ?
    ए समाजका ठेकेदारहरु हो !
    यहाँ चेलीको अस्तित्व खोजी हेर
    उनी कहाँ हराइरहेकी छिन् ?
    उनी कहाँ चिच्याइरहेकी छिन् ?
    चेलीको अस्तित्व बचाउनतिर जाग
    हाम्रा दिदीबहिनीहरु दिनदहाडै किन यसरी मारिन्छन् ?

    इति

    ३४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad