BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    सुनको ट्वाइलेट बनाउँछौ की कामरेडहरु !

    चन्दा थापा (चन्द्रिका)जेठ ११, २०७५

    नयाँ जनवादी क्रान्तिमार्फत  समाजवाद  र साम्यवादमा पुग्ने लक्ष्य घोकाउँदै  सर्वहारा  वर्गलाई  ‘जीते संसार छ हारे हत्कडी’ भनेर उराल्ने उर्फाने  नेताहरुको चरीत्र  र संस्कृति  ठिक उल्टो  पाउन थालेपछि  जनतामा निरासा  बढ्न थालेको छ ।

    विधि, नीति र पद्धतिमा जोड दिन भन्दा भद्रगोलमा गोल हान्ने नाउँमा  व्यक्तिवादको परकाष्ठा हुर्काएको  तथ्य  मनसा, बचसा र कर्मणा  सबै कोणबाट पृष्टि हुदै जान थालेको छ । सामुहिकता  सोच्ने मानसिकता नभै समाजवादको  फलाको हाल्नु धिक्कार हो ।  तर, गरीवी र बाध्यताका बिच नेपालका कम्युनिष्ट नेताहरुले जनता ढाट्ने  सुविधा उपभोग गरिरहेको देखिन्छ । सामान्तवादी र पुँजीवादी  भनिने पंच, कांग्रेस सँग भरोसा नभएका कारण जनताको ठूलो पंक्ति वामपन्थी र कम्युनिष्ट सँग गासिएको सत्य हो तर जनताको बाध्यतालाई भ¥याङ बनाएर व्यक्तिवादी  निर्लिप्ततामा चुर्लुम्म भएका नेताहरुको पछिल्लो चाल हेर्दा लोप्राएर देख्लास् भन्ने दिन जनताले कुर्दैछन की भन्ने संकेत देखा पर्न थालेको छ ।

    प्रसंग  व्यक्तिगत  सुन र धनको सार्वजनिकी सँग मात्र  जोडिएको छैन । छोरी, बुहारी, भाइ, भतिजा, आफन्त र लठैतहरुलाई व्यवस्थापनतर्फ लक्षित पार्टी  संयन्त्र निर्माण सँग पनि जोडिएको छ । नेतृत्वमा पर्नै पर्ने केही मान्छेलाई देखाएर  आफ्नो नियत  उदांङगो  पार्ने गरी  नेताहरुले  व्यवहार प्रष्ट्याएको टिप्पणी पनि गरिएको छ ।

    त्यस्तै जेठ ९ गते सार्वजनिक  भएको  सम्पती  विवरणले  त सबै नेपालीलाई झस्काएको छ ।  वर्गविहिन–साम्यवादी समाजका नाउँमा लामो त्याग गरेको बताउने नेताहरुले सुन र धनको विवरण सार्वजनिक गर्दा उनका कार्यकर्ता र समर्थक मात्र होइन, आम नेपालीलाई लज्जाबोध बनाएको छ । प्रधानमन्त्री तथा  नेपाल कम्युनिष्ट  पार्टीका अध्यक्ष केपी ओली पदमा  नरहेको अघिल्लो १ वर्षमा ३१ लाख  नगद र १० लाख शेयर थपेको देखाइएको छ । ओलीको बालकोट दरबार र अरु सम्पत्ति  आफ्नो ठाउँमा छन तर  स्वआर्जनको  कथ्यले उनैको निष्ठामाथि  थप प्रश्न  उठेको छ भने  राजकिय  पदमा  नभएपनि पार्टी अध्यक्ष प्रचण्डले छोरीहरुलाई  घर बनाएको अपुष्ट हल्ला तीब्र नै छ ।

    जहाँसम्म सार्वजनिक गरिएको सुन र धनको कुरो छ, इश्वर पोख्रेल र युवराज खतिवडाहरु पहिले देखि नै धनी मान्छे कहलिसकेका व्यक्तिमा मानिन्छन्  । तर एमाले महासचिव भैसकेका इश्वरले ‘दाइजो’ को सम्पत्तिलाई  नै बढि  प्रश्रय  दिन  रुचाउने गरेका छन् ।  प्रचण्डलाई  लाल गद्दार र व्यक्तिवादी भएको भन्दै पार्टी नै फोडेका राम बहादुर थापाले  छिमेकीले दिएको कुकुर र कुकुर्नीको हिसाब राखेर सम्पत्ति विवरण रमाइलो बनाएका छन् । सबैभन्दा धनी मन्त्रीको थर नै महासेठ भएको र उपेन्द्र महतोसँग सिधा सम्बन्ध जोडिएकाले उनका बारेमा खास चर्चा यो विषयमा  नभएपनि  सिण्डीकेट  तोड्ने रुपनारायण भट्टराईलाई गरेको ज्यादतीले उनको नियतमाथि थप प्रश्न उठाएको छ ।  यि महासेठको ५२ तोला सुन र कास्कीकै जगत बहादुर  सुनारको ५० तोला सुनलाई उछिनेर भर्भराउदा मानिएका युवानेता रविन्द्रले ६० तोला सुन सजिलै देखाएका छन् । सम्पत्तीमा धनी नै ठानिए पनि राष्ट्र र समृद्धिको गफ हाँक्ने यी रविन्द्रलाई यतिधेरै सुन राख्न पर्ने कारण  भेटिएको छैन ।

    जनयुद्धमा फौजी  कमाण्ड  गरेको भन्दै  प्रभावशाली  हक दावी  गरेका वर्षमान पुनको १५ तोला सुनले क्रान्तिको बाँकी काम पूरा गर्छ भन्ने लाग्दैन् । अर्का कमाण्डर चक्रपाणी खनालले १० वर्ष अगाडिको १६ धुर जग्गालाई अहिले साढे २८ कठ्ठामा पु¥याएका छन् भने स्वास्थ्यमन्त्री पद्मा अर्यालले जग्गा व्यापार  गरेर सम्पत्ति जोडेको खुलासा गरेकी छन् ।  मान्छे कस्तो छ नजिक पुगेपछि  थाहा पाइन्छ  भन्ने कुरालाई सत्य  पार्दै  लाल बाबु पण्डितले अस्वभाविक सम्पत्ति  जोडेको देखाएर हिजोसम्मको सादगीताको छविलाई उदांगो पारेका छन् भने  सर्वहारावादी  र भ्रष्टाचारविरोधि बताउने मातृका यादवले  विवाह र  मुख हेरेको धेरै पुरानो  दाइजो अहिले  खोलेका छन् । २०६५ मा आफ्नै कर्मचराीलाई ट्वाइलेटमा थुनेर  झोकी  स्वाभाव देखाएर चर्चामा आएका मातृकाले सादगीताको असलियत उदाङगो पारेका छन् । सत्य बोलेका हुन भने गिरीराजमणिको नियमित अडान र थममायाको यथार्थताका बारेमा  सलाम भन्नै पर्छ ।

    आफूलाई माक्र्सवादी–लेनिनवादी बताउनेहरुले  आफूलाई जनताभन्दा धेरै धनी बनाइसकेको कुरा अब कसैसामु छिपेको छैन ।  माक्र्सले नीजि पुँजीको अन्त्य गर्दै साम्यवादी संसारको  पाठ सिकाएका थिए ।  लेनिनले सुनका बारेमा भनेका थिए,  ‘खिया  नलाग्ने हुँदा यो ट्ुवाइलेट बनाउन साह्रै उपयोगी हुन्छ  ।’  सायद युवा नेता  रबिन्द्र अधिकारीले खिया नलाग्ने  ट्वाइलेटका लागि ६० तोला  सुन जोडेका त होइनन् ?  उपहार, दाइजो, मुख हेर्दा आएको र बक्सिस प्राप्त भएको नाउँमा  नेताले सगर्व धनी बनेको भनिरहेका छन् । महिला शसक्तिकरणका लागि  श्रीमतीहरुको नाउँमा धन सम्पत्ती जोडेको चर्चा खुव गरिएको छ यतिबेला ।  जनमानसमा एउटा कौतुहलता छ,  सम्पत्ति सार्वजनिक गर्दा त यति धेरे घिनाउनेहरु नजिकै पुग्दा कस्ता होलान् ! समाजवादको अत्तर दलेर कहिले सम्म ढाट्लान  यिनीहरुले ?

    १०५० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad