BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    रामेशको एकल सांगीतिक प्रस्तुति हुने

    संसार न्यूज संवाददाताजेठ १२, २०७५

    १२ जेठ, काठमाडौँ । नेपालमा गणतन्त्र स्थापना भएको ११ औँ वार्षिकोत्सवका अवसरमा जनगायक रामेश श्रेष्ठले सांस्कृतिक संस्थानमा एकल सांगीतिक प्रस्तुति गर्ने भएको छ ।

    नेपालको राजनीतिक परिवर्तनका लागि जनताको पक्षमा गीतसंगीत प्रस्तुत गर्दै आएका श्रेष्ठले कलाकर्मी भईकन पनि राजनीतिक परिवर्तनका लागि ठूलो योगदान गर्दै आएका थिए ।

    सांस्कृतिक संस्थानले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जनगायक श्रेष्ठले ऐतिहासिक कालखण्डमा रचिएका गीतको संरक्षण गर्नपर्ने आवश्यकतामा जोड दिए ।

    सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जेठ १९ गते श्रेष्ठले एकल गायन प्रस्तुति गर्ने र सो अवसरमा उहाँलाई सम्मान गर्ने कार्यक्रम रहेको बताए ।

    अर्का कलाकार रायन श्रेष्ठले देश र जनताको हितका लागि जनपक्षीय कलाकारको ठूलो योगदान रहेको बताउँदै हामी जस्ता जनताको कलाकारबाट नै देशमा संघीय गणतन्त्र स्थापना भएको बताए ।

    सुनसरीका कलाकार ओम श्रेष्ठ, वरिष्ठ गीतकार शुभबहादर सोनाम र कलाकार प्रभाकर देव शर्माले जनपक्षीय गीतको महत्वमाथि चर्चा गरे । कार्यक्रममा जनगायक श्रेष्ठका दुईवटा म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।

    ८८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad