BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    घामजून प्रेम

    रार्इ रूमानी, काठमाण्डाै नेपालजेठ १३, २०७५

    वैंशले,
    धपक्क बलेकी जून
    रातभरि आकासमा चुपचाप रोइरहन्छे
    घामको यादमा
    र, रातको अन्तिम प्रहर
    घामले धर्ती चुम्नु अगावै
    झर्छे शीत बनेर
    फूलहरुमा
    पातहरुमा ।

    वियोगी घाम,
    जूनको तृष्णा मेटाउँछ
    त्यही शीत चुमेर ।

    इति

    २५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad