BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गणतन्त्र दिवसमा प्रदेश ५ मा सार्वजनिक बिदा

    संसार न्यूज संवाददाताजेठ १४, २०७५

    १४ जेठ, रुपन्देही । प्रदेश नं ५ का १२ जिल्लामा जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिइने भएको छ ।
    गणतन्त्र दिवसको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक तथा कानून मन्त्रालयले आइतबार सूचना प्रकाशन गरी जानकारी दिएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबारदेखि तीन दिनसम्म विभिन्न संघ, संस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हुने पनि बताइएको छ ।

    प्रदेश नं ५ मा रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, बाँके, बर्दिया, रोल्पा, दाङ, पूर्वी रुकुम, कपिलवस्तु र प्यूठान पर्दछन् ।

    ९६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad