BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    गजल ५५

    प्रीतम पाण्डे मोगोक म्यान्मार (बर्मा)जेठ १४, २०७५

     

    नारा छ एकता हुने फुटेको छ जताततै
    मिली शोषक वर्गले लुटेको छ जताततै

    मञ्चमा भाषण यौटा फाँटमा बेगलै नीति
    मान्छेको सरल बुद्धि भुटेको छ जताततै

    हप्काई अनि दप्काई कतै किनेर द्रव्यले
    जुटाई भीड गुण्डाको कुटेको छ जताततै

    मन  वचन  कर्ममा छँदैछैन समानता
    अधिनायकवादले चुटेको छ जताततै

    पैसामा बेचिए मान्छे खल्तिभित्र छिरे सबै
    पोल खुल्छ भनी मुख खुटेको छ जताततै

    नेताको पगरी गुथी धाकमात्र देखाउने
    गर्नु पर्ने सही कार्य छुटेको छ जताततै

     

    इति

     

    २४० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad